Sunday 21st December 2025

एसिया कप क्रिकेटको फाइनलमा आज भारत र श्रीलंका भिड्दै


एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज श्रीलङ्काको राजधानी कोलम्बोमा खेलिँदै छ । १६औँ संस्करणको उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुँदै छ । फाइनल खेल स्थानीय समयअनुसार, दिउँसो ३ः०० बजे सुरु हुनेछ । ‘सुपर फोर’ चरणको तालिकामा भारत पहिलो र श्रीलङ्का दोस्रो हुँदै फाइनलमा पुगेका हुन् ।

भारत आठौँ पटक उपाधि जित्ने धुनमा छ भने श्रीलङ्का पनि सातौँ उपाधि हात पार्ने अभियानमा छ । जारी प्रतियोगितामा दुवै टोलीको प्रदर्शन उत्कृष्ट देखिएको छ । हालसम्म भारतले एक खेलमा मात्र हार भोगेको छ । ‘सुपर फोर’ चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ६ रनले हराएको थियो ।

यसैगरी श्रीलङ्काले पनि जारी प्रतियोगितामा एक खेलमात्र हारेको छ । ‘सुपर फोर’ चरणको खेलमा भारतले नै श्रीलङ्कालाई ४१ रनले हराएको थियो ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...