Sunday 16th August 2026

कल्याणकारी नेपाली युवा समाज कुवेतको दोश्रो सांगीतिक धमाका ६ अक्टोबरमा हुने


कुवेत -“हाम्रो एकता समाज सेवामा प्रतिबद्धता”भन्ने मुल नारालाई लिएर २०१७ मा गठन भएको संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले यही आउदो अक्टोबर ६ तारिक शुक्र्बारको दिन नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका” २०२३ साँस्कृतिक कार्यक्रम गर्ने समाजका संरक्षक निरज सिंह ठकुरीले जानकारी दिएका छन्।

छोटो समयमा नाम जस्तै काम गरेर देखाउने समाजसेवी सस्थाहरु मध्ये कल्याणकारी नेपाली युवा समाज कुवेत अग्रस्थानमा छ । नेपाल देखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा चाडै नै निर्णय गरेर मिढिया मार्फत जानकारी गराउने संरक्षक ठकुरीले ले बताए

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाईकार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाले कार्यक्रम नजुधाई दीनुहुनसमेत आयोजकले आग्रह गरेको छ।

कार्यक्रम : “कल्याणकारी दोस्रो दोस्रो सांगीतिक धमाका”
मिति : ६ तारिक अक्टोबर २०२३ शुक्रबार
स्थान : स्थान तया नभएको चाडै नै जानकारी गराउने
समय : बिहान् ठिक ११ बजे देखी
आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत


सम्बन्धित शीर्षकहरु

शनिबार इजरायलले दक्षिण लेबनानमा हिज्बुल्लाहका लक्ष्यहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको जनाएको छ। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती आक्रमणमा…

अमेरिकाले नेपालको केही पुरातात्त्विक तथा सांस्कृतिक (एथ्नोलोजिकल) सामग्रीको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय…

युक्रेनले रूसको मस्को क्षेत्रलाई लक्षित गर्दै रातभरि व्यापक ड्रोन आक्रमण गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार साँझदेखि बिहान ६:३०…

प्रतिकृयाहरू
...