Friday 11th September 2026

रूसको एक पेट्रोल स्टेशनमा विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु, सैयाैं घाइते


रुसको दक्षिणी भागमा रहेको एउटा पेट्रोल स्टेशनमा भएको विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । स्थानीय समय अनुसार सोमबार राती ९ः४० मा क्यास्पियन सागरको तटमा रहेको दागेस्तानको क्षेत्रीय राजधानी मखाचकलामा विस्फोट भएको बीबीसीमा समाचार छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विष्फोटपछि गहिरो समवेदना प्रकट गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पेट्रोल स्टेशन नजिकै रहेको कार मर्मत केन्द्रमा आगलागी भएको हो । विष्फोट लगत्तै दागेस्तानको कुमतोरकालिन्स्की जिल्लामा आपतकालिन अवस्था शुरू गरिएको थियो। आपतकालीन मन्त्रालयका अनुसार करिब २६० जना आपतकालीन कामदारहरू तैनाथ गरिएको छ भने सबैभन्दा गम्भीर घाइतेहरूलाई हवाई मार्गबाट मस्को लगिएको छ।

रुसको इन्टरफ्याक्स समाचार एजेन्सीले चिकित्सकहरूलाई उद्धृत गर्दै मृतकमध्ये तीन बालबालिका रहेको बताएको छ । पेट्रोल स्टेशनको अगाडि एउटा कार पार्कमा आगलागी सुरु भएको बताएको र सोही आगो फैलिदा यति ठुलो धनजनको क्षति हुने गरि विष्फोट भएको हो । आगो ६०० वर्ग मिटर (६,४६० वर्ग फुट) क्षेत्रमा फैलिएको र थप विस्फोटको खतरा रहेको थियो । मखाचकला राजधानी मस्कोबाट करिब १,६०० किलोमिटर टाढा पर्छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...