Wednesday 7th October 2026

नेपाल कुवेत सरोकार समाजको चौथो अधिवेशनको मिति सर्यो, सेप्टेम्बर २२ मा हुने तयारी


कुवेत- नेपाल कुवेत सरोकार समाजको चाैथो अधिवेशन आगमी २२ सेप्टेम्बर २०२३ का दिन हुने भएको छ । यस अघि ८ सेप्टेम्बरमा घोषणा गरिएको अधिवेशन हल अभावको कारण मिति सार्नु परेको सरोकार समाजले जनाएको छ ।

“समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजले स्थापनाकालदेखि नै विभिन्न सामाजिक र मानविय सेवाका कार्यहरू गरिरहेको छ भने समय समयमा नेपालबाट अतिथि कलाकारहरू कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ भरपुर मनोरन्जन प्रदान गर्ने काम पनि गरिरहेको छ ।

समाजले उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिनको कुनै पनि संघ संस्थाले कार्यक्रम नजुधाई दिनुहुन समेत आग्रह गरेकाे छ ।

नेपाल-कुवेत सरोकार समाजले अक्टोबर महिनामा दशैं-तिहार धमाका नेपालबाट अतिथि कलाकार ल्याएर साङ्गीतिक कार्यक्रम गर्ने समेत बताएको छ ।

कार्यक्रमको विवरणः
मिति- सन २०२३ सेप्टेम्बर २२ तारिक शुक्रबार ।
स्थान – रिदम अडिटोरियम हल अब्बासिया ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...