Monday 29th June 2026

नेपालको परिवेशमा आजको समाज


सुशिल बस्याल – ढुङ्गेयुगबाट धेरै माथी उठेर बिकासको मार्गमा लम्किरहेको आजको समाजमा वास्तविक जिवनको गहिराई स्पर्श गर्ने मानिसहरु भेटाउन मुस्किल छ । राष्ट्रियताको नाममा आफ्नो दुनो सोझ्याउने मान्छेको मात्र भिड छ ।

वल्लाघरे रुँदा पल्लोघरे हास्नुहुदैँन भन्ने सामजिक नियम ग्रामीण भेगमा मात्र लागू हुन्छ । सहरमा वल्लो कोठामा भोकले छटपटाईरहेका छन, बिहान बेलुकी हातमुख जोर्न पनि मुस्किल छ तर पल्लो कोठामा उत्सव मनाइदै हुन्छ । धेरै फरक छ सहर अनि ग्रामीण भेगमा बस्ने मानिसहरुको जिवनशैली ।

आफ्नो संस्कार संस्कृतिलाई चटक्क बिर्सेर अर्काको संस्कृति र परम्परा प्रति सम्मोहित हुनेहरु स्वार्थ र दुराचारमा फसेका छन । जस्तोसुकै परिश्थितिमा पनि राष्ट्र, राष्ट्रियता, सदभाव र मेलमिलापको स्थिती कायम रहेको भेटिन्छ भनेर नेपाली समाजको प्रतिष्ठा बिश्वमा नै गरिमामय छ तर आरोह र अवरोहले सिकार गरिरहेको हाम्रो समाजलाई संरक्षण गर्न प्रत्येक नागरिक सकृय हुन आवस्यक छ । आफ्नो संस्कार, संस्कृति, भेषभुषा, धर्म र परम्परालाई बिशेष ध्यान दिनुपर्छ ।

बिहान साँझ घरगोठबाट निस्किएका धुवाँले र लिपिएका दलानहरुले मान्छेको अस्तित्व बुझाएको छ। बुढाबुढीले सकुन्जेल त जोतिएका छन खेतबारी। ढिकी जाँतो बज्न छाडेको त वर्षौ भयो होला ? गाउँमा पाका मानिसहरु चौपारीमा बसि गफ गर्ने चलन पनि हट्यो। केटाकेटी भेला भै दोबाटोमा भाडाकुटी खेल्न छाडे । हुन त गाउँमा डोजरले नकोरेको कुनै ठाउँ छैन । सहरमा जत्तिकै बाटो बिस्तार भएको छ । वर पिपल स्वामी सबै ढालिएका छन । गाउँघरका मानिस आफ्नै गाउँ शून्य बनाएर झिटी गुन्टा बोकी सहर तिर प्रवेश गर्दा बिस्तारै शुन्य हुँदै रित्तिएका छ्न गाउँहरु ।

-बगनासकाली-८, पाल्पा ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

भारतको Himachal Pradesh मा करिब तीन लाख रैथाने नेपालीभाषी समुदायको बसोबास रहेको विभिन्न गोर्खा संस्थाहरूको दाबी छ। नेपालीभाषीहरूको सबैभन्दा बढी…

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

प्रतिकृयाहरू
...