Friday 20th June 2025

सिनेटर काकर बने पाकिस्तानको कामचलाउ प्रधानमन्त्री


पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवर उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ । राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन् ।

बलुचिस्तान अवामी पार्टी (बीएपी) का सांसद सिनेटर अनवर-उल-हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा चयन गर्न प्रधानमन्त्री शहबाज शरीफ र निवर्तमान राष्ट्रिय सभाका विपक्षी नेता राजा रियाजबीचको दोस्रो चरणको परामर्शपछि यो निर्णय आएको हो ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले नेशनल एसेम्बली वा संसदको तल्लो सदनका विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि यस सम्बन्धी सारांश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काकर मार्च २०१८ देखि पाकिस्तानीे सिनेटका सदस्य रहँदै आएका छन् । उहाँ सन् २०१८ को पाकिस्तानी सिनेट चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसदीय सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको सिनेटमा निर्वाचित भएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ…

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा…

बुधबार, इरानले रातभरको आक्रमणको नयाँ चरणको रूपमा इजरायलमा हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको दाबी गरेको छ। देशका शीर्ष नेता, अयातुल्लाह अली…

प्रतिकृयाहरू
...