Wednesday 22nd July 2026

कम्बोडियामा हुन मानेट प्रधानमन्त्रीमा नियुक्त


कम्बोडियाको प्रधानमन्त्रीमा हुन मानेट नियुक्त भएका छन् । उनलाई कम्बोडियाली राजा नोरोदोम सिहामोनीले सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी करिब चार दशक कम्बोडियामा शासन गरेका हुन सेनका जेठा छोरा हुन् ।

सेनले हालै आफू अब प्रधानमन्त्री नबन्ने र छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए । यसरी हेर्दा कम्बोडियामा प्रधानमन्त्री पद पुर्ख्याैली विरासत पाएजस्तो देखिए पनि सत्ताधारी दलले गति जुलाइमा भएको संसदीय निर्वाचनमा हुनसेनको दलले जितेपछि उनको उत्तराधिकारीको रूपमा हुन मानेट प्रधानमन्त्री बन्न पाएका हुन् ।

कम्बोडियामा गत जुलाई २३ मा भएको संसदीय चुनावमा सेनको दल कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले १२५ मध्ये १२० सिट जितेको दाबी गरेको छ । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रूपमा परिणाम घोषणा यही अगस्ट ९ मा गर्ने भएको छ ।

हुनसेन सन् १९८५ देखि कम्बोडियाका प्रधानमन्त्री छन् । ७० वर्षीय हुन सेनले आफ्नो राजनीतिक दलले संसदीय चुनावमा विजयी भएको दाबी गरेको तीन दिनपछि टेलिभिजन सम्बोधनमा उक्त घोषणा गरेका थिए । उनले आफ्नो ४५ वर्षीय जेठो छोरा जनरल हुन मानेट आफ्नो उत्तराधिकारी हुने घोषणा गरेका थिए । हुन मानेट यसअघि कम्बोडियन सेनाका कमान्डर थिए । उनले हालैको निर्वाचनमा सीपीपीको प्रमुख प्रचारकको भूमिका निर्वाह गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

भारतको उत्तरपूर्वी सीमासँग जोडिएको बंगलादेशको सिलहट क्षेत्रमा अमेरिका र बंगलादेशले संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। दुवै देशले यो अभ्यासलाई…

प्रतिकृयाहरू
...