Sunday 27th July 2025

पाकिस्तानमा रेल दुर्घटना हुँदा १९ को मृत्यु, ८० घाइते


दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएको geo.tv ले जनाएको छ । घाइते यात्रुहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ, Geo.TV ले रिपोर्ट गरेको छ। उद्धार टोलीले भग्नावशेषबाट मानिसलाई निकाल्ने क्रम जारी छ ।

कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको हो । दुर्घटनाग्रस्त रेलका आठ डिब्बा पटरीबाट खसेका छन् भने यात्रीहरूलाइ दुर्घटनास्थलबाट गन्तव्यस्थानसम्म पुर्याउन अर्को रेल पठाइएको छ ।

सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुईवटा रेल एक आपसमा ठोक्किँदा ६५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५० जना घाइते भएका थिए। सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ यात्रुको ज्यान गएको थियो।

https://www.geo.tv/latest/503550-five-bogies-of-hazara-express-derail-near-nawabshah


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

प्रतिकृयाहरू
...