Thursday 7th August 2025

नाइजरमा सैनिक विद्रोह, संविधान निलम्बन


पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ ।

सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छभने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको सिमाना बन्द गरेको बताएको छ ।

दक्षिण अफ्रिकामा इस्लामिक चरमपन्थीविरुद्धको लडाइँमा बाजुम पश्चिमा राष्ट्रको मुख्य सहयोगी रहँदै आएका थिए । नाइजरको दुई छिमेकी राष्ट्र माली र बुर्किना फसोमा चरमपन्थीको बढ्दो प्रभावका कारण पछिल्ला वर्षमा ‘कू’ को सामना गरिरहेको छ ।

बुधबार गरिएको सम्बोधनमा कर्णेल मेजर अमाडु अब्ड्रामाने अन्य नौ जना सैनिकहरूसँग उपस्थित भएका थिए । उनले सम्बोधनमा भने, ‘हामी, रक्षा र सुरक्षा बलहरू, ले यो शासनलाई अन्त्य गर्ने निर्णय लिएका छौँ । देशको सुरक्षाको स्थिति निरन्तर बिग्रेको तथा आर्थिक र सामाजिक अवस्था खस्किएको कारण यो निर्णय लिइएको हो ।’


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

प्रतिकृयाहरू
...