Monday 7th September 2026

नाइजरमा सैनिक विद्रोह, संविधान निलम्बन


पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ ।

सैन्य टोलीले राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छभने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ । सेनाले देशको सिमाना बन्द गरेको बताएको छ ।

दक्षिण अफ्रिकामा इस्लामिक चरमपन्थीविरुद्धको लडाइँमा बाजुम पश्चिमा राष्ट्रको मुख्य सहयोगी रहँदै आएका थिए । नाइजरको दुई छिमेकी राष्ट्र माली र बुर्किना फसोमा चरमपन्थीको बढ्दो प्रभावका कारण पछिल्ला वर्षमा ‘कू’ को सामना गरिरहेको छ ।

बुधबार गरिएको सम्बोधनमा कर्णेल मेजर अमाडु अब्ड्रामाने अन्य नौ जना सैनिकहरूसँग उपस्थित भएका थिए । उनले सम्बोधनमा भने, ‘हामी, रक्षा र सुरक्षा बलहरू, ले यो शासनलाई अन्त्य गर्ने निर्णय लिएका छौँ । देशको सुरक्षाको स्थिति निरन्तर बिग्रेको तथा आर्थिक र सामाजिक अवस्था खस्किएको कारण यो निर्णय लिइएको हो ।’


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...