Saturday 21st June 2025

नेपाल राष्ट्र बैंकद्वारा माैद्रिक नीति सार्वजनिक


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकदर यथावत नै रहेको छ भने, नीतिगत दरमा सामान्य लचकता रहेको छ । ७ प्रतिशत रहँदै आएको नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरिएको छ । हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दरमा सामान्य घटाएको छ । आन्तरिक तथा वाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जारी मौद्रिक नीतिले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई निरन्तरता दिएको छ । मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Monetory_policy_2080-081__final_web


सम्बन्धित शीर्षकहरु

साउदी ऊर्जामन्त्री राजकुमार अब्दुलअजीज बिन सलमानले इरानी तेलको सम्भावित क्षतिलाई प्रतिस्थापन गर्न राज्य र रूसले हस्तक्षेप गर्नेछन् कि भनेर सोध्दा…

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः अमेरिकालाई इरान युद्धमा होम्ने निर्णयको अनुमोदन गरेको बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमणको…

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ…

प्रतिकृयाहरू
...