Friday 11th September 2026

चीन र भियतनाममा आएको तालिम आँधीका कारण दशौं हजार मानिस पलायन


चीन र भियतनाममा आएको तालिम आँधीका कारण दशौं हजार मानिस पलायन भएका छन् । शक्तिशाली आँधीले चीनको ग्वाङ्डोङ प्रान्तको तटीय किनारमा भयंकर हावा, आँधीबेहरी र भारी वर्षा गराएको छ। शक्तिशाली आँधीका कारण दक्षिणी चीन र भियतनाममा बाढीको चेतावनी र सयौं उडान र रेल सेवाहरू बन्द गरिएपछि दशौं हजार मानिसहरू आफ्नो घर छोडेर भागेका छन्।

स्थानीय समय अनुसार सोमबार राति करिब १०:२० बजेदेखि प्रतिघण्टा १३६.८ किलोमिटरको गतिमा मडारिएको आँधी तालिमले ग्वाङडोङ प्रान्तको तटीय क्षेत्रमा असर पारेको छ । आँधीबेहरी र भारी वर्षाले ग्वाङडोङदेखि हेनान प्रान्तसम्मको दक्षिणी तटीय क्षेत्रलाइ पनि क्षति पुर्याएको त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ । ग्वाङडोङ क्षेत्रका २ लाख ३० हजार भन्द बढी मानिसहरूलाइ सुरक्षित क्षेत्रमा सारिएको छ । त्यहाँ ११ उद्धार भेसलहरू, ५ हेलिकप्टर, ४६ उद्धार पानीजहाज र ८ आपतकालीन उद्धार टोलीलाइ सकृय पारिएको अल जजिरा न्यूजले जनाएको छ ।

त्यसैगरी भियतनामको क्वाङ निन्ह र हाइ फोङ प्रान्तमा सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएका क्षेत्रहरूबाट करिब ३० हजार बढि मानिसहरूलाइ सुरक्षित सरिएको छ । त्यहाँ पर्यटकहरूलाइ बाहिरी टापुहरू छाड्न सल्लाह दिइएको छ ।

भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले त्यहाँ विपद व्यावस्थापन टोलीलाइ तत्काल उद्धार र राहत कार्यहरू गर्न अधिकारीहरूलाइ निर्देशन दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...