Wednesday 22nd July 2026

दक्षिण कोरियामा वर्षाको कारण मर्नेको संख्या ४१ पुग्यो


दक्षिण कोरियामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । उत्तरी प्रान्त चुंगचेनको च्योंग्जुमा सोमबार एकै दिन १३ जनाको मृत्यु भएपछि बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो । दक्षिण कोरियाको मध्य र दक्षिणी भागहरूमा हालैका दिनहरूमा भएको भारी वर्षाको कारण हजारौं मानिसहरू आफ्नो घरहरू खाली गर्न र अस्थायी आश्रय खोज्न बाध्य भएका छन्। विशेषगरि गत शनिनबार परेको मुसलधारे वर्षा पछि अत्याधिक पानी भएर नदिको बाँध फुटी एक भूमिगत सडकमा पानी पस्दा यति धेरै हताहती भएको हो । त्यहाँ अझै पनि सैयाै उद्दारकर्ताहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन् ।

राष्ट्रपति युन सुक योलले बाढी प्रभावितहरूको उद्धारका लागि मातहतका निकायलाई निर्देशन दिएका छन् । युक्रेनको यात्राबाट सियोल फर्किएपछि राष्ट्रपति युनले प्राकृतिक प्रकोपको क्षति न्युनिकरण गर्न मातहतका निकायहरूको बैठक बोलाएर अधिकारीहरूलाई पीडितको उद्धार गर्न सक्दो प्रयास गर्न निर्देशन दिए । राष्ट्रपति युनले भारी वर्षा र बाढीमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदा प्रकट गरेका छन् ।

जुलाइ ९ देखि कोरियाका विभिन्न स्थानमा परेको भारी वर्षा र बाढीपहिरोले जनजीवत कष्टकर बनाएको छ । यसले देशको मध्य र दक्षिणी क्षेत्र बढी प्रभावित बनेको बताइएको छ । च्योंग्जुमा मात्रै उद्धारकर्मीहरूले एकै रातमा एउटा टनेलबाट १६ वटा सवारीसाधन र चारवटा शव निकालेका थिए । उक्त टनेलबाट शनिबार ९ वटा शव निकालिएको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

इरानको नातान्ज (Natanz) परमाणु केन्द्र नजिक रहेको अत्यन्तै सुरक्षित भूमिगत संरचना ‘पिकएक्स माउन्टेन’ (Pickaxe Mountain) तेहरानको परमाणु कार्यक्रम रोक्ने प्रयासमा…

प्रतिकृयाहरू
...