Friday 14th November 2025

चीनमा २५ जना बिद्यार्थीहरूलाइ विष खुवाउने महिला शिक्षिकालाइ मृत्युदण्ड


चीनमा एक महिला शिक्षिकालाइ मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाई फाँसी दिइएको हो ।

सो पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो ।

चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो, जब एक शिक्षिकाले यो घृणित घटना घटाएकी थिइन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाना खाएका बालबालिका उपचारपछि निको भए पनि एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएपछि १० महिनाको उपचारपछि उनको मृत्यु भएको थियो ।

यसअघि महिला शिक्षिकाले पनि श्रीमानलाई विष खुवाएर घाइते बनाएकी थिइन् । यद्यपि शिक्षिकाले यो सबै किन गरिन् भन्ने खुल्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...