Sunday 15th June 2025

अमेरिकी योजना अायोगमा नेपाली मुलका व्यक्तिको प्रवेश


तितोपाटी – २० वर्षअघि अमेरिका आएका नेपाली मुलका सुनिल खनाल वासिंटन स्टेटस्थित और्वनको राष्ट्रिय योजना आयोगमा सदस्यमा छानिएका छन्। ७५ हजार जनसंख्या रहेको और्वन सिटीका मेयर न्यान्सि बाकुसले गतहप्ता खनाललाई पदभार ग्रहण गराइन्।

और्वनमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै स्थानीय रोटरी क्लवमा सहसंयोजक रहेरका खनाललाई अबको दुई वर्ष अर्थात सन् २०१८ अगष्ट ६ देखि २०२० को डिसेम्बर २० सम्मको लागि नियुक्त गरिएको हो। योजना आयोग सदस्य खनालले स्थानीय अर्बनको विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्नुपर्ने छ।

अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यो योजना आयोग निकै महत्वपूर्ण मानिन्छ। नागरिकसँग कुरा गर्दै खनालले आफुले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेबारी दिएकोले दत्तचित्तका साथ आफुले थप काम गर्ने बताए। अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि सुरुमा निवेदन दिएर अन्र्तवार्ता पास गर्नुु पर्ने र सो चरण पास गरेपछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाई पास भएपछि गरिने सिफारिसलाई आधार मानेर मेयरले नियुक्ति प्रकृया छ। आयोग सदस्य खनाल सन् १९९८ मा चितवनबाट अमेरिका आएका थिए।


सम्बन्धित शीर्षकहरु

दुबई, संयुक्त अरब इमिरेट्स - इजरायलले इरानी आणविक र सैन्य स्थलहरूमा गरेको भीषण आक्रमणको एक दिनपछि तेहरानको आणविक कार्यक्रममा अमेरिका-इरानी…

दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको शनिबार…

आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ। मानव रगत समूह पत्ता लगाउने…

प्रतिकृयाहरू
...