Monday 22nd December 2025

निर्दोष एक नेपाली साउदीको जेलमा,परिवार द्वारा उद्धार गरिदिन आग्रह


तितोपाटी-साउदी जेलमा रहेका एक नेपाली उद्धारको पर्खाईमा छन् । केहि पैसा कमाउला र परिवारलाई खुसी दिउला भनेर नवलपरासी बर्दघाटका दामाेदार क्षेत्री साउदी गएका थिए । तर साउदी पुग्ने बितिक्कै उनको जीवनमा बज्रपात खनियाे ।

कम्पनीकाे काममा हिडेका दामाेदार अचानक सवारी दुर्घटनामा परेका थिए । अाफुले चलाएकाे गाडी पाकिस्तानी नागरिककाे गाडीसँग ठोकिन पुग्यो र पाकिस्तानी नागरिककाे मृत्यु समेत भयो ।

दुर्घटनामा दामोदरको पनि हात भाचिएको थियो । आफुले २ महिना सम्म अस्पतालमै उपचार गरेको उनले बताए ।

दुर्घटनामा  पाकिस्तानी नागरिककाे ज्यान गएपछि दामोदर साउदी जेलमा छन् । १९ महिनासम्म पनि नेपाल फर्काउन नसक्दा छटपटाइरहेको उनको परिवारले उद्धारको लागि हारगुहार गरिरहेका छन् । कम्पनि मालिकले घर पठाउने पटक पटक आश्वासन दिएपनि कुनै सहयोग नगरेको पिडितको भनाई छ ।

घरमा श्रीमतीका साथमा १ छोरा र १ छोरी रहेका दामोदरले साउदीकाे जेलबाटै अाफुलाई नेपाल फर्काउन पहल गरिदिन नेपाल सरकार लगायत बिभिन्न संघसस्थासंग हारगुहार गरेका छन।

लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालसँगको भेटमा उनका परिवारले दामोदरको रिहाइका लागि आवश्यक कदम चाली सहयोग गर्न आग्रह गरेका छन।

साभार- हाम्रो संचार


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...