Tuesday 18th August 2026

प्रवास बाट गायिका देविका केसीको तीज गीत “यो तीजैको गीतैले” (भिडीयो सहित)


तितोपाटी- हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकार तथा गितकारहरुलाई तिजको चटारोले भ्याई नभ्याई छ । यतिबेला प्राय: कलाकारहरुले तिज पर्वलाई मध्यनजर गर्दै गित निकाल्ने गरेका छन् ।

यस्तै भीडमा गायिका देविका केसीले विगतका वर्षहरुमा झै यसवर्ष पनि तिजको कोसेली बजारमा ल्याएकी छिन् । तीजको रौनक बढ्दै जाँदा देविकाले यसवर्ष “यो तीजैको गीतैले” बोलको तिज गीत सार्वजनिक गरेकी हुन् ।

हरेक वर्ष सामाजिक सन्देश दिने गीत ल्याउने केसीले यसवर्ष पनि सन्देश बोकेको गीत बजारमा ल्याएकी हुन् । लामो समयदेखि दोहोरी क्षेत्रको गायनमा व्यस्त केसीलाई गायक रितकुमार श्रेष्ठले साथ दिएका छन् । गीतमा जीवन बिसीको लय तथा शब्द रहेको छ ।

ईश्वर थापाको निर्देशन र सम्पादन रहेको भिडियोमा रोशन, बाबु, आस्था रुपा लगायतले अभिनय गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

मालीको एक अदालतले सैन्य सरकार (जुंटा) को आलोचना गरेका चर्चित पत्रकार मोहम्मद युसुफ बाथिली (रास बाथ) र सामाजिक अभियन्ता रोकिया…

प्रतिकृयाहरू
...