Friday 11th September 2026

एमअाेयुमा मलेसिया र नेपालविच सैद्धान्तिक सहमति भएको मलेसियाली मन्त्रीको भनार्इ


तितोपाटी – तितोपाटी- मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले कामदार आदानप्रदान सम्वन्धि मलेसियाको प्रस्ताव नेपालले सैद्धान्तिक रुपमा स्वीकारेको बताएका छन् । “नेपालले मलेसियाको प्रस्ताव सैद्धान्तिक रुपमा स्वीकार गरेको छ” मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले मन्त्री कुलालाई उधृत गर्दै लेखेको । उनले अव यसलाई मन्त्रीपरिषदमा लगिने र पारीत गर्ने बताएका छन् ।

उनले कामदार आपूर्ति सम्वन्धि समस्या एमओयू पश्चात छिट्टै समाधान हुने विश्वास समेत व्यक्त गरेका छन् । मन्त्री कुलाले नेपाल आफ्ना नागरिकलाई मलेसियामा रोजगारीका लागि पठाउन ईच्छुक भएपनि चर्को आर्थिक शोषणलाई रोक्न उसले पछिल्लो कदम उठाएको धारणा राखेका छन् । पत्रकारसँगको कुराकानीमा मन्त्री कुलाले नेपाली लगायत अन्य केहि मुलुकका कामदारबाट अरवौं रुपैंयाँ उठाएको अभियोग लागेपछि बेष्टिनेटलाई निलम्वीत गरिएको बताए ।

मलेसियास्थीत नेपाली दूतावासका अनुसार मलेसियाको प्रस्ताव नेपाल पठाइसकिएको छ ।

साभार- देश परदेश


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...