Tuesday 6th October 2026

सवैले ऐक्यबद्धता जनाउन पर्ने महाबीर पुन को आन्दोलन


काठमाडौं, वैशाख १२ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनुसन्धान र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन् । उनले शुक्रबार माइतीघरमा धर्ना कार्यक्रम सुरु गरेका हुन् ।

पुनले बानेश्वर जाने सर्भिस लेन बन्द गरेर केही युवाको समर्थनमा धर्ना कार्यक्रम गरिरहेका छन् ।

धर्नामा सहभागी पुनले ‘अनुसन्धान, आविष्कार र आविष्कार नीति’, ‘अनुसन्धान, आविष्कार र आविष्कार विश्वमा युवा सहभागिता’, ‘नयाँ उद्यमीलाई हतोत्साहित नगरौं’, ‘सूचना प्रविधि विधेयक पारित गर’ लेखिएका प्लेकार्ड बोकेका छन् । ।

देशलाई कसरी औधोगिककरण गर्ने ? राष्ट्रलाई आधुनिकीकरण का लागि के के उत्पादन गर्ने ? कसरी यहाँका प्रतिभाहरुको संरक्षण गर्ने भन्ने जस्ता कुरा सरकारले गर्ने काम हुन तर सरकार देशलाई परनिर्भर बनाउन र विदेशी उत्पादनलाई भित्रयाएर कमिसनमा रमाउने भन्दा दायाँबाया सोच्दैन । यस्तो अवस्थामा दश बर्ष देखि आविस्कार केन्द्र खोलेर यहाँका शिक्षित युवाहरुलाई नयाँ नयाँ कुराहरुको उत्पादनका लागि प्रोत्साहित गर्दै आएका महाबीर पुन अन्तत आन्दोलन गर्ने ठाउँमा पुगेका छन । उनले सरकारको विकाश बजेट को एक प्रतिशत रकम अविस्कार का लागि छुटयाउन पर्ने भन्दै आफ्नो माग लाई सडकमा पोखेका छन ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...