Friday 10th January 2025

उपनिर्वाचनका तिन क्षेत्रमा रास्वपालाई जिताउन पर्ने कारण


तोयानाथ उपेक्षित,
हामीले गर्ने विश्लेषण टेलिभिजनमा आउने राजनैतिक विश्लेषकहरुको कदको तुलनामा नसुनिने, नबुझिने र नपत्याईने कुरा लाग्न सक्छन तर विवेक दुनियाका सवै मानिसहरुमा उस्तै उस्तै प्रकारको हुन्छ। यदि कसैले पनि विवेकले गर्ने विश्लेषणमा, तर्क वा बोलीमा आफ्नै प्रकारको शक्ति भने अवस्य हुन्छ ।

आगामी बैशाख १० गते हुन गईरहेको तिन वटा निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि अहिले प्रचार प्रसारको मध्यक्रममा छ । यति बेला उही पुरानै शैली, उस्तै दुस्प्रचारको आवाज, झुठको पुलिन्दा र खोक्रो आश्वासन बाड्ने कार्यको शुभारम्भ भईसकेको छ । तर रास्वपाको चुनावी अभियानमा उमेद्धारहरुले त्यस्तो ललिपप जनतालाई कतै बाढेका छैनन । उनीहरुले आफू सक्षम रहेको र देश बनाउने हुटहुटीले राजनितीमा होमिन परेको भन्दै मत माग्दैछन भने अरुले भने चन्दा उठाउने, गुण्डा जुटाउने र मान्छे कुटाउने काम गर्दै आएका छन । उनीहरु सवैको सामुहिक हमला रास्वपा लक्षित छ । अदालत गुहार्ने, निर्वाचन अयोगमा उजुरी हाल्ने, झुठठा अभियोग लगाउने र केन्द्रिय नेताहरुको सम्पूर्ण शक्ति लगाएर रास्वपा हराउन निर्वाचन क्षेत्रमा परिचालित गरेको देखिन्छ । यस्तो लाग्छ रास्वपा कस्तो देशद्रोही शक्ति रहेछ हँ ? यसलाई हराउनै पर्ने ? निमोठ्नै पर्ने ?

चितवनमा रबिलाई अदालत लगाएर ढाले पनि उनी फेरी जुरुक्कै उठेका छन । अब पनि केही गरी ढाल्न सकिन्छ की भनेर अनेकन कानूनी छिद्रहरुको खोजी गर्ने र त्यसबाट उनीलाई निरुत्साहित बनाउने, मतदाताहरुलाई निराश पार्ने कोशिष जारी छ । त्यति मात्र होईन उनको चुनावी मैदानमा गएर विश्वप्रकाश शर्माले दिएको अभिव्याक्ति र एमालेका देवी ज्ञावलीको आरोप निक्कै दरिद्र, हतास र कुण्ठाले निचोडिएको देखिन्छन । अझ भन्न पर्दा उनीहरुले पराजय भोगिसेकाको क्षोभ व्यक्त गरे जस्तो सुनिन्थ्यो । यदि रबि कमजोर उमेद्धार हुन्थे भने एमालेले जिल्ला अध्यक्ष जस्तो सानो कदको उमेद्धार दिने थिएन । कांग्रेसले पनि जिल्ला स्तरका उमेद्धार भिडाउने थिएन । सवैलाई थाहा छ की रबिसँग प्रतिस्पर्धा गर्न डराएर प्रचण्डले छाडेको जिल्ला हो चितवन । बादलहरु डरले उमेद्धार नदिएको जिल्ला हो चितवन अरु त अरु स्वयम् देवी ज्ञावलीले हिम्मत नगरेको जिल्ला हो चितवन । मनको तुस पोख्न त जस्ले पनि पाउछ, आफ्ना मतदाता जोगाउने प्रयास गर्नु दलका नेताको धर्म नै हो । त्यसका लागि कोशिष गरेकोमा केही भन्नु जरुरी छैन । रविलाई हराउन अरु त के प्रचण्ड, ओली र देउवा स्वयम् उमेद्धार बनेर आए पनि सम्भव छैन । जुन सवैले बुझेकै कुरा हो ।

अब तनहु को कुरा गरौं । कांग्रेसमा अवसर नपाएर रास्वपा प्रवेश गरे भनेर स्वर्णिम वाग्लेलाई अवसरबादी भन्नेहरुलाई यति मात्र भनौ कि कुरा साँचो हो । अवसर पाउनै पर्ने मानिसले कांग्रेसमा किन अवसर पाएनन भनेर पहिलो प्रश्न काग्रेसीहरुले आफ्नो नेतृत्वलाई गर्नु पर्दछ । जो व्याक्तिलाई देशको आवश्यकताले मागेको छ त्यस्तो व्याक्तिलाई नचिन्ने कांग्रेस पार्टीसँग जनताले के आशा राख्न सक्छन ? तनहुँले स्वर्णिम वाग्ले पाउनु समुन्द्रमा हिरा भेट्टाउनु जस्तै हो । एमालेका अध्यक्ष ओलीले स्वर्णिमलाई चिनेका छन । उनी अघिल्लो चुनावमा विनाशर्त उमेद्धार बनाउन कोशिष गरेका थिए तर उनी कम्युनिष्ट फिलोसफी मन नपराउने भएर मानेनन भन्ने कुरा त सार्वजनिक भएकै कुरा हो । डाक्टर बाबुराम भट्टराईलाई सोध्नु पर्दछ उहाँ को व्याक्तित्वसँग भट्टराई कति लोभिन्छन तर देउवा र आरजुको कोपभाजनमा वाग्लेले कांग्रेस छाड्न परेको हो । उनी गण्डकीको पानी जस्तै कन्चन छन, फेवाताल जस्तै उदार छन । टलक्क टल्किरहेको हिमाल जस्तै उच्च छबीका छन । तनहुँले वाग्लेलाई हराउनु पर्ने वा भोट दिन नपर्ने कुनै कारण नै छैन । उहाँ जताबाट गए पनि देश बनाउने ठाउँमा पुग्ने पर्ने मान्छे हुन भनेर सवै मतदातालाई बुझाउने हो भने उनको विकल्प भट्टराई वा खनाल हुनै सक्दैनन । खनाल र भट्टराई नराम्रा मानिस हुन भनेर होईन उनीहरु वाग्ले भन्दा पहिलो रोजाईका पात्र हुनै सक्दैनन ।

अब बारा तिर जाउँ । बारा व्यपारिक नाका भएको जिल्ला र अनेक राजनैतिक दलहरुको क्रिडास्थल हो । विरगंजलाई राजधानी बनाउछु भन्नेहरु हुन वा मधेसको क्षेत्रियताबादी डिस हान्ने नेताहरु किन नहुन त्यहाँका जनताले सवै देखिसकेका छन । त्यहाँ रास्वपाले रमेश खरेल लाई उठाएको छ । बारा सँग नजिकैबाट चिरपरिचित पात्र रमेश खरेलको आफ्नै प्रकारको सम्बन्ध छ । मधेशमा शान्ति सुरक्षा र अमनचयन स्थापित गर्ने काममा बारामा काम गरिसकेका प्रहरी प्रशासनको उच्च नेतृत्व समालेको अनुभव भएका खरेल त्यहाँका लागि आवश्यकता हो । उनीको स्वच्छ छबी र मुलुकको सम्बृद्धीका लागि जागेको हुटहुटी सम्मान गर्न लायक छ ।

अझ भविश्यमा रास्वपाले सरकार बनाएको दिनका प्रधानमन्त्री बन्ने व्याक्ति रबि लामिछाने, अर्थ मन्त्रीका लागि स्वर्णिम वाग्ले र गृह मन्त्रीमा रमेश खरेल निश्चित पात्र भएकाले यी तिनै जनाको राजनैतिक भविश्य सुरक्षित गर्ने काम यी तिन जिल्लाबासीको काँधमा आएको हुनाले उनीहरुले सगौरब जिताउने स्वामित्व लिनेछन भन्ने विश्वास गर्न सकिन्छ ।
रास्वपाका यी तिन पिल्लरहरुमा देशको जग बसाउने काम गर्ने हो भने तत तत जिल्लावासीहरुले गल्ती गर्नै हुदैन । तिनै निर्वाचन क्षेत्रबाट उनीहरुलाई जिताउन पर्दछ । यदि यसो हुन सक्यो भने अर्को आम चुनावमा रास्वपा देशको सवै भन्दा ठुलो दल भएर उदाउने छ र सरकार बनाएर मुलुकलाई नयाँ मार्गमा डोहोर्याउने छ । यो दियो हो यसलाई निभ्न दिन हुदैन ।


सम्बन्धित शीर्षकहरु

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

कुवेत: कुवेतले HH अमिर शेख मेसल अल-अहमद अल-जाबेर अल-सबाहको निर्देशनद्वारा निर्देशित महिला सशक्तिकरणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै 2024 को…

नेपाल सरकार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने कसरत शुरू…

प्रतिकृयाहरू
...