Thursday 22nd October 2026

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित


तितोपाटी डटकम-होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष र दितृय उपाध्यक्षमा निपु सराप र राजकुमार श्रेष्ठ चयन भएका छन् ।

संघको महासचिवमा भने राजकुमार प्याकुरेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, सचिवमा राजेन्द्र कुमार तिया, सहसचिव– हरिगोपाल सापकोटा, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ र सहकोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् ।

अन्य सदस्यहरुमा रामशरण नेपाल, अमृत बहादुर श्रेष्ठ, होम बहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नमराज मरठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा र राजन भट्ट चयन भएका छन् । सबै केन्द्रिय पदाधिकारीसहित कार्यसमिति सदस्य सर्वसम्मत चयन गरिएको हो ।
विधानत संघको केन्द्रिय कार्यसमिति सदस्य २१ रहनेछ । जसमध्ये निर्वाचित कार्यसमितिले तीन जना सदस्य मनोनित गरिनेमा तत्काल दुई जनालाई मनोनित गरिएको र १ जना मनोनित गर्न बाँकी नै राखिएको अध्यक्ष नेपालले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...