Thursday 13th August 2026

अल मुजैनी एक्सचेन्ज कुवेतको Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मानित


तीतोपाटी – अल मुजैनी एक्सचेन्ज कुवेत कुवेतको वेष्ट फरेन एक्सचेन्ज प्रोभाइडर २०२२ -Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मानित भएको छ । कुवेत विजनेस ट्यालोइडले सो अवार्डबाट अल मुजैनी एक्सचेन्जलाइ सम्मानित गरेको हो । अलमुजैनी एक्सचेन्जले वर्ष २०२२ भरि प्रदान गरेको उत्कृष्ट रेमिट्यान्स सेवाको लागि कुवेत वेष्ट फरेन एक्सचेन्ज प्रोभाइडर २०२२ -Best Foreign Exchange Provider 2022 अवार्डबाट सम्मान गरेको जनाइएको छ ।

अलमुजैनी एक्सचेन्ज कुवेतको पुरानो तथा उत्कृष्ट कम्पनी मानिन्छ । विदेशी मुद्रा स्थानान्तरणको क्षेत्रमा सबैभन्दा बढि कारोबार गर्न सफल अल मुजैनी एक्सचेन्जले अाफ्ना १२६ भन्दा बढि शाखाहरू तथा २५ भन्दा बढि सेल्फ सर्भिस मेसिनहरूमार्फत सेवाग्राहीहरूलाइ सेवा दिदै अाएको छ ।

यो अवार्ड प्राप्त गरेपछि अल मुजैनी एक्सचेन्जका महाप्रवन्धक ह्युज फर्नान्डिजले प्रतिकृया दिंदै अल मुजैनी एक्सचेन्ज कुवेतको नम्बर १ एक्सचेन्ज कम्पनी भएको यो अवार्डले नै प्रमाणित गर्दछ भने । सन १९४२ देखि एक्सचेन्ज सेवा प्रदान गर्दै अाएको अल मुजैनी एक्सचेन्जले सेवाग्राहीलाइ प्रदान गरेको गुणस्तरीय सेवाको प्रतिफल स्वरूप यस प्रकारको सम्मान प्राप्त गर्दै अाएको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...