ठूलो भीडको बीचमा,म भाषाण दिँदै थिए।सबैले ताली बजाए।तालीले मेरो हौसला बुलन्द भयो।आवाज झन चर्को बनाए।
— बोलिरहें।
— बोलिरहें।
उत्साह र हिम्मत बढ्दै गयो। पछाडीबाट कसैले जोडसँग मेरो कपडा तान्यो।फर्केर पछाडी हेर्दा मेरो सातो गयो। कपडा तान्ने त मेरै श्रीमती रहिछिन्।उनको आँखामा रीस र आवेग नभएपनि अनुहरामा गहिरो निन्द्रा टुटेको दुःख चाहिँ प्रसस्त थियो।
-तानसेन,पाल्पा