Friday 24th July 2026

पन्चे बाजा समुहको दोस्रो अधिबेशन एबम साँस्कृतिक कार्यकम अप्रिल १४मा हुने


रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले दोस्रो अधिबेशनको अवसर पारेर  साँस्कृतिक   कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली नयाँ बर्ष २०८० को स्वागत गर्दै भब्य साँस्कृतिक कार्यक्रम नेपालका चर्चित अथिति  कलाकारहरुको साथमा गरिने संरक्षक बीबी मल्ल ठकुरीले जानकारी दिएका छन । पन्चे बाजा समुहको शुक्रबार फर्वानियामा अध्यक्ष बाबु मल्ल ठकुरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आगामी  अप्रिल १४ मा सस्थाको दोस्रो अधिबेशन  नेपाली नयाँ बर्षको  स्वागत  नेपालबाट अतिथि कलाकारको साथमा गर्ने निर्णय गरेको हुदा उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्था ब्याक्ति बिशेष कसैले पनि अर्को कार्यक्रम नपारिदिनु हुन्  समेत संरक्षक बीबी मल्ल ठकुरीले सबैमा अनुरोध गरेका छन  । साथै अथिति कलाकारको बारेमा  कार्यक्रम हुने स्थान र समय केहि दिन पछि जानकारी गराउने  बताईएको छ ।
पन्चे बाजा समुहले कुवेतमा हुने  हरेक साँस्कृतिक कार्यक्रमहरुमा पन्चे बाजा घन्काएर कुवेतबासी  नेपालीहरुलाई मनोरंजन प्रदान गर्दै नेपाल मै भएको अनुभूति दिलाउदै आएको छ  ।
कार्यक्रम अथिति चर्चित कलाकारको साथमा अप्रिल १४ तारिख शुक्रबार  

सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...