Monday 29th April 2024

मुख्यमंत्रीले गरे दुइ महिने भाषा प्रशिक्षणको शुभारंभ


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले दुइ महिने भाषा प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेका छन् ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीले मणिपुरको छह भाषाहरू पाइते, मार, थादौ लगायत अन्य बोलीहरूलाई पनि भाषाको स्तरमा ल्याएर साहित्यिक र जीविकोपार्जन गर्न सक्ने बनाउनको लागि पनि जोड दिए ।
उनले अगाडि भने कि व्यावहारिक रूपमा भाषाको महत्व खुबै आवश्यक हुन्छ । त्यसैले हामीले आफ्नो भाषा र बोलीलाई व्यवहारमा उतारने प्रयास गर्नुपर्छ ।

उनले अगाडि थपे कि हामीले पाएको छौँ कि मातृभाषाको विकासले नै हाम्रो समग्र विकास संभव छ । एउटा पीडितले जब आफ्नै भाषामा प्राथमिकी दर्ज गराउन सक्ने स्थिति भए मात्र उसले आफ्नो भाषाको महत्वलाई स्वीकार गर्न सकिन्छ ।
उनले अगाडि भने कि सरकारले भाषाको विकास र विस्तार अनि उन्नतीको लागि प्रयास गरेको छ ।फेरि पनि समग्र जनता सजग नहुनु चाहिं हाम्रो बिडम्बना हो ।

स्मरण रहोस मणिपुरमा पहिलो पटक सरकारले भाषा प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।जो ऐतिहासिक पहल हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...