Tuesday 24th March 2026

मुख्यमंत्रीले गरे दुइ महिने भाषा प्रशिक्षणको शुभारंभ


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले दुइ महिने भाषा प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेका छन् ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीले मणिपुरको छह भाषाहरू पाइते, मार, थादौ लगायत अन्य बोलीहरूलाई पनि भाषाको स्तरमा ल्याएर साहित्यिक र जीविकोपार्जन गर्न सक्ने बनाउनको लागि पनि जोड दिए ।
उनले अगाडि भने कि व्यावहारिक रूपमा भाषाको महत्व खुबै आवश्यक हुन्छ । त्यसैले हामीले आफ्नो भाषा र बोलीलाई व्यवहारमा उतारने प्रयास गर्नुपर्छ ।

उनले अगाडि थपे कि हामीले पाएको छौँ कि मातृभाषाको विकासले नै हाम्रो समग्र विकास संभव छ । एउटा पीडितले जब आफ्नै भाषामा प्राथमिकी दर्ज गराउन सक्ने स्थिति भए मात्र उसले आफ्नो भाषाको महत्वलाई स्वीकार गर्न सकिन्छ ।
उनले अगाडि भने कि सरकारले भाषाको विकास र विस्तार अनि उन्नतीको लागि प्रयास गरेको छ ।फेरि पनि समग्र जनता सजग नहुनु चाहिं हाम्रो बिडम्बना हो ।

स्मरण रहोस मणिपुरमा पहिलो पटक सरकारले भाषा प्रशिक्षण कार्यक्रम गरिरहेको छ ।जो ऐतिहासिक पहल हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...