Friday 19th June 2026

इटालीमा पुल भत्केर मर्नेको संख्या ३५ नाघ्यो


तितोपाटी – इटलीको उत्तर पश्चिममा रहेको जेनेओवा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा अन्य १५ जना गम्भीर घाइते भएका छन् ।

अधिकारीले १२ जना हराइरहेको पनि जानकारी लिएका छन् । घटनास्थलबाट पाइएको जानकारी अनुसार पुलले थिचिएका मानिसहरु रोइरहेको र चिच्याइरहेको आवाज आइरहेको छ ।

फसेका मानिसहरुलाई बाहिर निकाल्नका लागि रातभरी राहत र उद्धारकार्य जारी रहेको छ । तीन सय उद्धारकर्मीले कुकुरको मद्दतले फसेका मानिसहरुको खोजी गरिरहेका छन् ।

भारी वर्षाका बीच आँधीबेहरी आएका बेला पूल भत्किएपछि तीसवटा भन्दा बढी गाडीहरु पुलसँगै भुइँमा बज्रेका थिए ।

स्थानीय सयअनुसार बिहान झण्डै साढे ११ बजे पुल भत्किएको बताइएको छ ।

एकजना प्रत्यक्षदर्शीले चट्याङ परेका कारण पुल भत्किएको बताए ।

जेनेभा शहरमा एउटा प्रमुख राजमार्गमा रहेको उक्त झोलुङ्गे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि यसको मर्मतसंभार गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...