Friday 25th September 2026

मृगौला पीडित गुरुङलाई कुवेतबाट आर्थिक सहयोग


बसन्त थापा- स्याङ्गजा जिल्लाको चापाकोट नगर पालिका ७ बङ्ररादी घर भएका मिर्गौला पीडित ४२ वार्षिय कमल गुरुङ लाई कुवेत बाट (५८ हजार १६८ ने रु.) मंगलवार १४ अगस्ट का दिन आर्थिक सहयोग हस्तान्तरण गरीएको छ।

बिगत केहि महिनादेखि दुवै मृगौला खरावी भएको हुँदा उनलाई सहयोग स्वरुप उक्त रकम हस्तान्तरण गरिएको हो।

तत्काल उपचार गर्न चिकित्सकले सल्लाहा दिए पनी आर्थिक अभावका कारण समस्या भएकोले केहि दिन पहिला मात्र बस्ताकोटी द्वारा कुवेतमा कार्यरत नेपाली हरूलाई सहयोग गरिदिनको निमित्त आह्वान गरेका थीए।

दुवै मृगौला खराब भई हाल पोखरा को चरक हस्पिटल प्रतिष्ठानमा डाइलसिस गराइरहेका कमल गुरूँगलाई कुवेतमा कार्यरत नेपाली  घनश्याम बस्ताकोटी, हेमन्त गुरूँङ ,बुधबहादुर बि:क , मुक्त बहादूर बि :क, र डि बि भुसाल बाट द्वारा संकलित रक़म ५८ हजार १६८ रुपैयाँ आर्थिक सहयोग रकम संकलन गरी नेपालमा उपचारर्थ गुरुङका नाममा पठाएको बस्ताकोटीले तितोपाटी डट कम लाई जानकारी दिएका छन।

पीड़ित गुरुङको घरमा दुई छोरा, एक छोरी ,र श्रीमतीरहेका छन। घरको स्थिति निकै कमजोर रहेकोले पीडीत गुरूँगले आफुलाइ सहयोग गर्न अनुरोध गरेका थीए।

पीडित कमल गुरुङ लाई प्रेसर बढिरहने , टाउको दुख्ने लगायतका रोगले सताउदै आएको र गत माघमा रोगको चेक जाच गर्दा दुबै मिर्गौला फेल भएको डाक्टरले पुष्टि गरेको थियो, भने पीड़ित गुरुङलाई कुवेत बाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली हरूलाई बस्ताकोटीले हार्दिक धन्यवाद व्यक्त गरेका छन।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...