तोयानाथ उपेक्षित, रविन्द्र मिश्र ले आफैले जन्माएको दल विवेकशिल साझा लाई समेत त्यागेर राप्रपा प्रवेश गरेका छन । यसो त उनको राप्रपासँग मिल्दो जुल्दो कार्यनितीले पार्टीमा प्रवेश पाए सँगै विवेकशिल साझा पार्टीमा खटपटी पैदा भयो जसले गर्दा एक प्रकारको विभाजन हुन पुग्यो । स्थानिय निर्वाचनमा पार्टीको लज्जास्पद पराजयलाई नैतिकताको रुपमा उनले लिए र राजीनामा दिए । अहिले आएर उनले पार्टी नै परिवर्तन गरिदिए । यसरी हेर्दा रविन्द्र मिश्रको राप्रपा प्रवेश स्वभाविक र अपेक्षित मान्न सकिन्छ ।
राप्रपा को भविश्य
राप्रपा भविश्य राम्रो भएको पार्टी हो । बहुदल आएको ३२ बर्ष पछि राप्रपा आश लाग्दो नितीका साथ अगाडी बढेको छ । संबैधानिक राजतन्त्रलाई शिरमा राखेको राप्रपाले अरु थुप्रै पृथक मुद्धा बोकेको छ । संघियता खारेजी उसको अर्को मुख्य मुद्धा हो जुन आजको आवश्यकता बन्दै गएको छ । त्यसका साथै युवा अध्यक्ष सँग पनि जनताले धेरै आशा राखेका छन । यसैगरी हिन्दु अधिराज्य र कार्यकारी राष्ट्र प्रमुखको मुद्धामा जनअभिमत छदैछ ।
नेपाली काग्रेसको रविन्द्र मिश्रले भने झै प्रचण्डीयकरण हुदै गएको अवस्थामा अधिकांश असन्तुष्ट कांग्रेसीहरु जनहरुको जाने पार्टी मुख्यत राप्रपा नै हो । विपिको सिद्धान्तको केही हिस्सा कुनै पार्टीमा छ भने त्यो राप्रपामा छ भनेर भनिएको कुरामा पनि त्यतिकै दम छ । अत शेर बहादुर देउवाको असक्षम नेतृत्व, परिवारबाद, भ्रष्टचार र प्रचण्डीयकरण र माधव नेपालको लेपन ले कांग्रेसलाई बलियो नबनाएर झन कमजोर बनाउने निश्चित छ । यसै पनि कांग्रेसमा शेखर कोईराला पेनल संभवत विवाजनमा नत्र विद्रोहमा जाने हुदा त्यसको प्रत्यक्ष लाभ लिने पार्टी राप्रपा, स्वतन्त्र र केही एमाले लाई नै हो ।
नसोचेको खोलाले बगाउछ भने झै यसपटकको निर्वाचनमा स्वतन्त्र उमेद्धारहरुले पनि राम्रो मत ल्याउने देखिन्छ । कतिपय ठाउँबाट स्वतन्त्रले चुनाव जित्न सक्नेछन । यस पटक को निर्वाचनमा जसरी भए पनि माधव नेपालको समाजवादीलाई शुन्य सिटमा झार्ने एमाले को पहल हुने छ भने प्रचण्डको पार्टीलाई काग्रेसबाट छुटाउन कांग्रेसीहरुले नै मत दिने छैनन । यो पटकको निर्वाचन परिणाम ले सदाका लागि गठबन्धनको विगुल बन्द हुने छ । कम से कम तिन पार्टीको मत नमिलाए कसैको सरकार नबन्ने परिणाम आउन सक्ने विश्लेषण पनि हुदैछ । यस पटक को चुनावी परिणाम ले पनि अरु पाँच बर्ष गतिलो सरकार दिन सक्दैन ।
राप्रपा र एमाले ले तालमेल गर्ने हो भने गठबन्धनको धोति धेरै ठाउँमा फुस्कने छ । जसले गर्दा आगामी दिनमा त्यसले राप्रपामा हौसला र कांग्रेसीजनमा निराशा थोपर्नेछ । यसर्थ पनि आगामी दिनमा हुने अशान्ति, तानातान र अन्र्तकलह बाट मानिसहरु राजा खोज्ने अवस्थामा पुग्नेछन र त्यसले राप्रपा लाई थप शक्तिशाली बनाउनेछ । अहिले कै अवस्थालाई अध्यायन गर्ने हो भने फेरी पनि पहिलो पार्टी एमाले, दोश्रो कांग्रेस र तेश्रो पार्टी राप्रपा बन्ने देखिन्छ । माओवादी चौथो वा पाचौ मा पुग्ने छ भने चित्र बहादुर र माधव नेपालको पार्टीले शुन्य सिटमा चित्त बुझाउन पर्ने छ ।