Thursday 10th September 2026

लघुकथा: पुतली -नारायण कोइराला


जङ्गलमा हिँड्दै गरेकी पुतलीले आफैँलाई सिंह ठानिन् । पुरै जङ्गल आफ्नो कब्जामा रहेको महसुस गरिन् । जङ्गलमा प्रशस्त चराचुरुङ्गी पनि थिए ।

जङ्गलमा एक्कासी ठूलो वर्षात आयो । पुतली, चराचुरुङ्गीको दुःखमा मज्जा सँग हाँसिरहिन् । चराचुरुङ्गीहरू उनको हाँसोमा खासै दुखी भएनन् । उनको बानी सबैलाई थाहा थियो ।

वर्षात नरोकिएको हुँदा पुतली गुफामा पसेर मस्त निदाइन् । वर्षातको कारण रूखहरू ढल्न थाले । जङ्गलमा पहिरो खस्न थाल्यो । गुफा बिस्तारै पुरिँदै थियो । पुतलीलाई अत्तोपत्तो थिएन । चराचुरुङ्गी उडेर अर्को जङ्गलतिर जान एकै ठाउँमा जम्मा भए । पुतलीसँग बदला लिने राम्रो मौका पनि थियो । चराचुरुङ्गीहरू आपसमा कानेखुसी गरे । अर्को जङ्गलतिर जानुभन्दा पहिला एक्कासी गुफामा पसेर जोडसँग कराए । पुतली आत्तिदै उठिन् ।

त्यो सपनापछि, अचेल ! मूर्ख भनेर चिनिने पुतली विद्यालयमा सहयोगी, लगनशील र मिहेनती छात्रा बनेकी छन् ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...