Wednesday 5th November 2025

अपाङ्ग विद्यार्थी र क्यान्सर पीडितको सहयोगार्थ दिल्लीमा सांस्कृतिक महोत्सव


तितोपाटी- भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न समयमा विभिन्न संघ सस्थाद्वारा कुनै न कुनै कार्यक्रम आयोजना भईरहदा आगामी अगस्ट १५ तारिखका दिन नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर  श्री पशुपति सम्पर्क मंच र सुजन म्युजिक प्रालिद्वारा १३ औ  इन्डो नेपाल सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ ।

अपाङ्ग बिद्यार्थीहरु र क्यान्सर पिडितको सयोगार्थ उक्त सास्कृतिक महोत्सव आयोजना गर्न लागिएको श्री पशुपति सम्पर्क मंचका अध्यक्ष रमेश शर्मा  लम्साल र सोहि स्वस्था का  प्रतिनिधि तुलसी  डकालले बताउनु भयो ।

‘प्रवासमा रहेर पनि कला सँस्कृतिको बिकासमा टेवा पुगोस भारत नेपाल  बिच को समन्ध कायम रहोस  भन्ने हाम्रो चाहाना हो  शर्माले  बताउनु भयो  । बिगतको समयमा प्रत्येक वर्ष ब्लड डोनेसन कार्यक्रम आयोजना बिभिन दुख पिडा मा प्रने परवासी हरु को सयोग पनि गर्दै  आएको र  सामाजिक कार्यहरुमा पनि प्रवासमा अग्रसर रहेको छ ।

कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु गायिका जमुना राना ,गायक कुमार पुन ,गायक हुम गैरे ,गणेश न्यौपाने ,एसियाकै होची कलाकार मुना घिमिरे दिल्ली आउने भएका छन। लोक दोहोरी गायक  धुर्व राना ,राम गहतराज ,पदम संगीत क्षत्री र  सुरज बिसी  साथै सोहि कार्यक्रममा स्थानीय कलाकारहरु उमेश ,निशा ,गोभिन्द ,बिनिता शृष्टि र आरुषीको  बेजोड प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ 

नया स्थानीय कलाकार हरुलाई  अगि बढ़न को लागि र उहाँ हरु को हौसला बढ़ाउन को लागि पनि उहाँ हरु ले नया दिल्ली  मा उधाएका कलाकार हरुलाई मौका दिने कुरा अध्यक्ष रमेश शर्मा ले बताउनु भयो ।

कार्यक्रम १५ अगस्टको दिन दिल्लीको एन्डुसगंज सामुदाईक भवन मुल्चंद मेट्रोको नजिकै  बिहान १२ बजेबाट  सुरु हुनेछ । उक्त कार्यक्रममा सबै लाई उपस्थिति  भै कार्यक्रम लाई सफल बनाइदिनु हुन सम्पूर्ण दिल्ली बासी नेपालीहरूलाई संस्थाले अनुरोध गरेको छ


सम्बन्धित शीर्षकहरु

ब्रह्माण्डमा जीवनको बारेमा हामीले सोचेका सबै कुरालाई चुनौती दिने खोजमा, अनुसन्धानकर्ताहरूले २ अर्ब वर्षभन्दा पुरानो उल्कापिण्डमा मानव डीएनएको निशान पहिचान…

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

प्रतिकृयाहरू
...