Sunday 27th September 2026

कुवेतमा बाराका जीवन लामाको मृत्‍यु


तीतोपाटी डटकम- बाराको सिमरा घर भई कुवेतमा कार्यरत जीवन लामाको मृत्‍यु भएको छ । ३१ वर्षिय लामाको २३ अगस्ट, मंगलबार कुवेतको आदान अस्पातलमा उपचारका क्रममा मृत्‍यु भएको हो ।

नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं ०९२१८४४ का जीवन लामाको मृत्‍यु भएको प्रारम्भिक जानकारी आएको बताए । उनले भने ‘ मृतक लामा सन २०१७ मा कुवेत आएको देखिएको देखिए पनि केही समय देखी कम्पनीबाट भागेर काम गर्दै आएको पाइएको छ ।’ सिलवाल थप्छन ‘लामाको शब पठाउने प्रकृया शुरु गरेका छौ।’

ज्वरो बिग्रिएर आदन अस्पातलमा लगिएकोमा उपचारकै क्रममा मंगलबार बिहान लामाको निधन भएको हो ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...