Friday 31st October 2025

कुवेतमा बाराका जीवन लामाको मृत्‍यु


तीतोपाटी डटकम- बाराको सिमरा घर भई कुवेतमा कार्यरत जीवन लामाको मृत्‍यु भएको छ । ३१ वर्षिय लामाको २३ अगस्ट, मंगलबार कुवेतको आदान अस्पातलमा उपचारका क्रममा मृत्‍यु भएको हो ।

नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं ०९२१८४४ का जीवन लामाको मृत्‍यु भएको प्रारम्भिक जानकारी आएको बताए । उनले भने ‘ मृतक लामा सन २०१७ मा कुवेत आएको देखिएको देखिए पनि केही समय देखी कम्पनीबाट भागेर काम गर्दै आएको पाइएको छ ।’ सिलवाल थप्छन ‘लामाको शब पठाउने प्रकृया शुरु गरेका छौ।’

ज्वरो बिग्रिएर आदन अस्पातलमा लगिएकोमा उपचारकै क्रममा मंगलबार बिहान लामाको निधन भएको हो ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: संयुक्त राज्य अमेरिकाले मंगलबार मालीमा रहेका अमेरिकीहरूलाई तुरुन्तै व्यावसायिक उडानहरू प्रयोग गरेर देश छोड्न चेतावनी दिएको छ, किनकि अल-कायदासँग…

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

प्रतिकृयाहरू
...