Saturday 11th April 2026

सिरियामा विद्रोहीको हतियार भण्डारमा विष्फोट हुँदा कम्तिमा ३९ को मृत्यु


तितोपाटी – सिरियाको उत्तर-पश्चिमी प्रान्त इड्लीबमा एउटा भवनमा एउटा विस्फोटन हुँदा कम्ती ३९ जना मारिएका छन्। मारिनेमध्ये १२ जना बालबालिका छन्। विद्रोहीको पकडमा रहेको इड्लीबको सार्मदा नगरस्थित सो भवनमा एकजना हतियार तस्करको अस्त्र भण्डार रहेको ठानिएको छ।

पर्यवेक्षकहरूले अझै पनि दर्जनौँ मानिस हराइरहेको बताएका छन्।

हालैका महिनाहरूमा सिरियाली सरकारले सिरियास्थित कैयौँ विद्रोही इलाकामा कारवाहीलाई तीव्र पारेको छ।

ईड्लीब कैयौँ विद्रोही तथा जिहादी समूहरुको पकडमा रहेको अन्तिम क्षेत्र हो। सोही कारण रुस तथा इरानको समर्थन पाएको सिरियाली सरकारको अर्को निशाना ईड्लीब हुन सक्ने बताइएको छ।

टर्कीको सीमानजिकै रहेको सार्मदा नगरमा रहेको सो भवनको भग्नावशेष हटाउन र त्यसमा फसेका मानिसलाई निकाल्न बुलडोजरहरूको प्रयो गर्नु परेको एएफपी समाचार संस्थाका एकजना संवाददाताले बताएका छन्।

मानिसहरुले भरिएका सो भवन भग्नावशेषमा परिणत भएको विवरणमा जनाइएको छ। यूकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जरभेटरी फर ह्यूमन राईट्सले हराइरहेका दर्जनौँ मानिसको खोजी तथा उद्दार कार्य भइरहेको जनाएको छ। केही विवरणहरूका अनुसार मृतकको संख्या अझ बढ्न सक्नेछ।

सो भवनमा आश्रय लिइरहेकामध्ये अधिकांश सिरियाको मध्य होम्स प्रान्तबाट विस्थापित भएर आएका सिरियाली नागरिकहरू रहेको विश्वास गरिएको छ।

विस्फोटको वास्तविक कारण थाहा भइसकेको छैन।

-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...