Sunday 25th October 2026

नेपालको रैथाने खाना र मौलिक परीकारका विषयमा विशेष छलफल


आर. बि. बुढाथोकी-शनिबार,असार ३२,२०७९,ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल रथाने एग्री प्रडक्टस नेपालद्वारा नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेस छलफल कार्यक्रम सम्पन्न भयो। बुढानिलकन्ठ नगरपालिकास्थित आकाशेधारा चोकमा रहेको ११ डाइमन्ड रेस्टुरेन्टमा सम्पन्न सो कार्यक्रमा बिभिन्न बक्ताहरुले रैथाने खानाको बिषयमा चर्चा गर्नु भएको थियो ।

बिशुद्द नेपाली रैथाने परिकार पस्किएर शुरुवात गरिएको सो शेत्पा कार्यक्रमा चियाको रुपमा शेर्पाली चिया सु चिया पस्किएको थियो ।जुन सबैले खुब मन पराउनु भएको थियो। दोस्रो कोर्सको रुपमा थेन्दुक पस्किएको थियो।अत्यन्त मौलिक रुपमा आयोजना गरिएको सो कार्यक्रम आफैमा रैथाने र मौलिक माहोलमा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै बुढानिलकन्ठ नगर पालिकाका प्रमुख मिठाराम अधिकारीले हाम्रो पिता पुर्खाले शुरु गरेका रैथाने खाना बिर्सदै जाने हो भने हामी सकिन्छौ भनि सबैलाइ चेतावनी दिनु भयो। मौलिक खानालाइ छोड्दै जानु भनेको हस्पिट्ललाइ धनि बनाउनु हो भनि उहाले रैथाने खानालाइ जोगाउनु र यसको प्रब्रदन गर्न आग्रह गर्नु भयो ।

रैथाने एग्री प्रडक्टस नेपालका प्रोपाइटर तिलक ढकालले हाम्रो रैथाने सामाग्री सबैले मिलेर जोगाउनु पर्ने र हामी यहि रफ्तारमा बिदेश उत्पादन प्रयोग गर्दै जाने हो भने हाम्रा रैथाने परिकारको बिज नै लोप हुने स्थितिमा पग्ने बिचार ब्यक्त गर्नु भयो।वार्ड नम्बर ११ का अध्याक्ष राजु अधिकारिले आफ्नो मौलिक खानाला जोगाइ राख्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

दि सोल्टी होटलका सुसेफ तथा मौलिक खानाका राइटर अनुसन्धानकर्ता आर.बि.बुढाथोकीले कार्यक्रमलाई सम्बोधन गर्दै आजका दिनमा हामीले आफ्ना बच्चालाई सार्लेक्स खुवाउने कि सातु,बिदेशीले नेपाली परीकार सिकेर जान्छन हामी बिर्सदै गएका छौ भनी सबैलाई सुझाब दिदै आफ्नो मौलिक खानाला कहिले भुल्न नहुने बिचार ब्यक्त गर्नु भयो ।

मौलिक परिकारका बिषयमा बोल्ने अन्य बक्ताहरुमा सेफ एसोसइयसनका अध्यक्ष श्यामा तमाङग,पुर्ब अध्यक्ष रत्न बहादुर थापा,ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन नेपालका निबर्तमान अध्यक्ष नरहरी बुढाथोकी, सचिब रमेश भण्डारी र कोषध्यक्ष कमल महतले आफ्नो मौलिक,रैथाने र लोक खानाको महत्वका बिषयमा बिशेष चर्चा गरेका थिए ।

कार्यक्रमामा शेर्पाली मौलिक र लोक खानाहरु सुचिया,स्याक्पा(थेन्दुक),कोदो फापरको ढिडो,आलु,दाल,सर्कम,मुलाको सुकुटी,गुन्द्रुक सादेको र कागुनोको खिर पस्किएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...