Wednesday 2nd September 2026

स्थानीय निर्वाचन पछि जनताको सोचाइ


बि.आर. उप्रेती – २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचन पश्चात् जनताहरु चुपचाप बसिरहेको बुझिन्छ। विभिन्न पार्टीका नेता कार्यकर्ताहरु आ-आफ्नै बर्चस्व स्थान क्षेत्रबाट विजय हासिल गरेका छन् यो स्वभाविक पनि होला। तर विजय प्राप्त गरेका ती कतिपय व्यक्तिहरुलाई कार्यान्वयन थालनीमा नै चुनौती पनि होला । काम गर्न असजिलो अवस्था महसुस भएको हुनुपर्छ । आफुले निर्वाचनमा अनेक प्रक्रिया अपनाएर विजय हासिल त भयो तत् पश्चात् सपथ ग्रहणपछि कार्यान्वयनमा आफ्नो प्रतिद्वन्दी व्यक्ति, त्यसैगरी पक्ष विपक्ष पार्टीका भद्र भलाद्मीसंग सद्भाव कायम गरेर मात्र स्थानीय निकायको ऐन कानून बमोजिम काम गर्न सहज होला।

निर्वाचनमा आफुसँग पराजित व्यक्तिसंग तथा आफ्नो पार्टीसंग मेल मिलाप र सद्भावका साथमा सल्लाह लिइ नराम्रो कामलाई छोडेर राम्रा काम कुरालाई मनन् गरी आफ्नो पदिय दायित्व पुरा गरेमा जनताको मन भित्र आशा जगाउन सकिएला । अहिले निर्वाचनमा सफल भएर प्रतिद्वन्दी, प्रतिपक्षी त कुरै छोड्दिउँ, आफुलाई निर्वाचनमा विजय गराउन रातदिन नभनी लागिपरेका आफ्नै कार्यकर्ताको समेत बे वास्ता गरी आफ्नै मनोमानी तरिकासंग मात्र काम गर्ने हो भने त – भनिन्छ नी एक माघले जाडो जाँदैन र यही पदावधि भित्र ५ वर्ष बिताउन पनि फलामको चिउरा चपाउनु जस्तो नहोला भन्न सकिन्न । तसर्थ निर्वाचनमा विजय भएर संयम भइ जनसेवक हुन पाएकोमा गौरव ठानी काम गर्नुको बदला म त अब जनताको बढा हाकिम भइहाले मैले जे बोले, जे गरे त्यही ठिक छ भन्ने अहम् भावनाले काम गर्ने हो भने त कुरा उही हो। अहिलेका जनताहरु न हुन् । अक्षरस हेर्छन्, मुल्यांकन गर्छन् ।

जनताहरुलाई खान लाउन दिनु पर्दैन, आफ्नै पसिना चुहाइ मेहनत गरेर जीवनोपार्जन गर्छन् । तर आफ्नो गाउँ समाज देशमा भ्रष्टाचार, हत्याहिंसा, अन्याय जस्ता अपरधिक कु कार्य निर्मूल बनाइ प्राथमिकताको आधारमा देश विकाश निर्माण गर्दै हरेक जनहितका कामहरु गरेको हेर्न चाहन्छन् जनताहरु। त्यसकारण निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई चूनौती र अवसर दुबै छन्। अब हेर्नु छ कुन मार्ग अपनाउने हुन् “सुमार्ग या कुमार्ग” भन्छन् स्थानीय जनताहरु।

बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...