Saturday 11th April 2026

अष्ट्रेलियामा खडेरीको महामारी


तितोपाटी – अस्ट्रेलियामा खडेरीको समस्या विकराल बन्दै गएको छ । अस्ट्रेलिया सरकारले देशकै ठूलो राज्य न्यु साउथ वेल्सलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । सुख्खाबाट पीडित किसानलाई राहत दिन ५ सय ७६ मिलियन डलर बराबरको राहतको घोषणा गरिएको छ ।

सुख्खाका कारण न्यु साउथ वेल्स, क्वीन्सल्यान्ड, पश्चिम अस्ट्रेलिया र दक्षिण अस्ट्रेलियाका ग्रामीण भेगका किसान मारमा परेका छन् । उनीहरुले आफूले अहिलेसम्म कहिल्यै नभोगेको र नदेखेको सुख्खा भोग्नुपरेको पीडा ब्यक्त गरेका छन् ।

सुख्खाग्रस्त क्षेत्रको भ्रमणमा गएका प्रधानमन्त्री माल्कम टर्नबुलले देशले दसकौंपछिको खराब समस्या भोग्नुपरेको बताएका छन् । उनले मौसमको सुधार हुने आशा व्यक्त गरे । तर, सुख्खाका कारण किसानहरुले जनावारलाई खाने कुरासमेत खुवाउन नपाएको बताएका छन् ।

खडेरीका कारण किसानहरु समस्यामा परेपछि अस्ट्रेलियामा रहेका बैंकहरुले सहायता रकमलगायतका सहयोगको घोषणा गरिसकेका छन् । टेलिभिजन च्यानल, स्थानीय परोपकारी संस्थाहरुले समेत सहयोगका विभिन्न कार्यक्रम सुरु गरेका छन् । यस अभियानमा यहाँ सञ्चालनमा रहेका ठूला व्यावसायिक सुपरमार्केटले समेत सहयोगको घोषणा गरिरहेका छन् ।

विभिन्न सहयोगबाट संकलिन रकमले खडेरीबाट पीडित किसानलाई सहयोग गर्ने बताइएको छ । खडेरीबाट सबैभन्दा बढी पीडित न्यु साउथ वेल्स राज्यका किसानलाई विभिन्न शीर्षकमा राहत दिन राज्य सरकारले करिब १ अर्ब डलरबराबरको सहयोगको घोषणा गरेको छ भने अन्य राज्यले समेत किसानलाई सहयोग पुर्‍याउन सहयोग रकम घोषणा गरिसकेका छन् ।

खडेरीबाट पीडित किसानले सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । सुख्खाका कारण रुखहरुसमेत मर्न थालेका छन् भने पानी नपरेका कारण जनावारलाई बचाउन मुस्किल परेको किसानहरुले बताएका छन् । समाचारमाध्यमहरुले अस्ट्रेलियामा यसवर्ष देखिएको सुख्खा करिब आधा शताब्दीकै खराब रहेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...