Saturday 6th June 2026

गुगलले अब एन्ड्रोइडको वदलामा फुचसिया अपरेटिङ सिष्टम ल्याउने


तितोपाटी – गुगलका इन्जिनियरहरूको एक टिमले करिब २ वर्ष यता नयाँ अपरेटिङ सिस्टमका लागि कार्य गरिरहेको खुलासा भएको छ । ब्लुमबर्गले आफ्नो एक रिपोर्टमा बताए अनुसार उक्त प्रोजेक्टको नाम फुचसिया हो र यसले आगामी दिनमा हाल प्रचलित गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमलाई प्रतिस्थापन गर्नेछ ।
यसले हाल एन्ड्रोइडमा भएका सुरक्षासँग सम्बन्धित सबै कमी–कमजोरीलाई हटाउनेछ र सानो तथा ठूलो सबै स्क्रिन रिजोल्युसनलाई समेत सपोर्ट गर्नेछ । आगामी ३ वर्षभित्रै उक्त नयाँ अपरेटिङ सिस्टम प्रयोगमा आउने अनुमान गरिएको छ ।

नयाँ अपरेटिङ सिष्टमलाई इनहाउस ग्याजेटदेखि लिएर पिक्सेल फोन तथा स्मार्टफोन सबैमा प्रयोग गर्न सकिनेछ । हाल विश्वभर करिब ८५ प्रतिशत स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग भैरहेको छ । यद्यपि १० प्रतिशत मानिस मात्र एन्ड्रोइडको नयाँ फिचर अपडेट गर्न सक्छन् । नयाँ अपरेटिङ सिष्टमले यी सबै कमी पुरा गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...