Saturday 6th June 2026

सामसुङ ग्यालेक्सी नोट ९ अाजदेखि बजारमा


तितोपाटी – दक्षिण कोरियाली कम्पनी सामसङले आज आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन सार्वजनिक गर्दैछ । फोन लञ्च हुनु अघि नै नयाँ फोनका केही विशेषताहरू लिक भएका छन् ।

जसअनुसार उक्त फोनमा पाँच सय १२ जीबीको स्टोरेज हुनेछ जुन अहिलेसम्म कुनै पनि फोनमा उपलब्ध छैन । यसका साथै फोनमा 4000mah को पावर ब्याट्रि पनि दिइएको छ ।

यसका साथै ग्यालेक्सी नोट नाइनसँगै फिचर भएको फोन एस–पेन पनि दिइएको छ जुन ब्लूटुथ कनेक्टिभिटी र रिमोट कन्ट्रोल फंक्शनसहित आउनेछ ।

रिपोर्ट अनुसार यो फोनको एक सय २८ जीबी र पाँच सय १२ जीबी स्टोरेज भएको भेरियन्ट रुसमा उपलब्ध छ । यो फोनले पाँच सय १२ जीबीसम्मको माइक्रो एसडीसम्मको कार्ड पनि सपोर्ट गर्ने बताइएको छ । जसअनुसार फोनको स्टोरेज १ टीबीसम्म बढाउन सकिन्छ ।

यस्ता छन् सम्भावित विशेषताः

सामसङको नयाँ फोनमा ६.३८ इन्चको  डिस्प्ले, स्न्यापड्रेगन आठ सय ४५ एसओसी प्रोसेसर, ६ जीबी र्याम र एक सय २८ जीबी÷पाँच सय १२ जीबी स्टोरेज हुनसक्छ । यसमा आठ मेगापिस्केसलको फ्रन्ट क्यामरा र १२+१२ मेगापिक्सलको रियर क्यामरा हुनसक्ने अनुमान गरिएको छ ।

विन फ्युचरको एक रिपोर्ट अनुसार एक सय २८ जीबी फोनको सुरुवाती मूल्य नौ सय ३५ पाउन्ड अर्थात् लगभग एक लाख ३३ हजार रुपैयाँ तोकिएको छ । यस्तै गरी पाँच सय १२ जीबी मोडलको एक हजार एक सय १५ पाउन्ड अर्थात् एक लाख ५८ हजार नेपाली रुपैयाँ अनुमान गरेको छ ।

यद्यपी, लिक भएको नयाँ जानकारी अनुसार यो फोन त्यति महँगो हुँदैन । उक्त जानकारी अनुसार एक सय २८ जीबी नोट नाइनको मूल्य आठ सय ९९ पाउन्ड अर्थात् एक लाख २७ हजार रुपैयाँ बताइएको छ भने पाँच सय १२ जीबी मोडलको एक हजार ९९ पाउन्ड अर्थात् एक लाख ५६ हजार मूल्य रहने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक…

विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता राष्ट्र भारत अहिले आफ्नो ऊर्जा सुरक्षालाई थप मजबुत बनाउन नयाँ साझेदारहरूको खोजीमा छ। मध्यपूर्वमा…

भ्वाएजर–१ ले अहिलेसम्म कुनै तारा प्रणालीतर्फ प्रत्यक्ष यात्रा गरिरहेको होइन। यसको दिशा Ophiuchus तर्फ छ, र करिब ४०,००० वर्षपछि यो…

प्रतिकृयाहरू
...