Thursday 15th January 2026

दिपायलमा राजधानीको माग गर्दै धनगढीमा प्रदर्शन


तितोपाटी- प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दाले धनगढीमा आएर प्रदर्शन गरेका छन् ।

पहिलेको क्षेत्रीय सदरमुकाम रहेको दिपायलका बासिन्दाले राजधानीको माग गर्दै अहिले अस्थायी राजधानी रहेको धनगढीमा आएर प्रदर्शन गरेका हुन् ।

यसअघि राजधानीकै लागि लगातार ६४ दिनसम्म डोटीमा आन्दोलन गरेको सघर्ष समिति, प्रदेश राजधानी र नामका बारेमा प्रदेश सभामा प्रक्रिया अघि बढेसँगै धनगढी पुगेको हो ।

उक्त समितिले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुन बहादुर थापालाई भेटेर डोटीको दिपायलमा राजधानी तोक्न माग गर्दै ज्ञापन बुझाएको छ ।

संघर्ष समितिका सयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का लगायतको टोलीले ज्ञापनपत्र बुझाउदै भौगोलिक अनुकुलता, ऐतिहासिक गौरव, भाषिक तथा सास्कृतिक पहिचान, पहाडी क्षेत्रको जनसख्या, भौतिक पूर्वाधार र सुरक्षा तथा सामरिक महत्वलाई ध्यान दिदै पहाडमा राजधानी तोक्न दवाव दिएको जनाएको छ ।

यसअघि पनि उक्त समितिले ६४ दिन डोटीमा आन्दालन गरेको थियो । तर सरकारले धनगढीलाई अस्थायी राजधानी तोकेको थियो ।

साउन १४ गतेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी र नामाकरणका विषयमा सुझाव सकलन गर्न समिति गठन गरेसँगै समिति फेरि सक्रिय भएको हो ।

साभार देशसंचार


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...