Friday 15th May 2026

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन


तितोपाटी – विश्वभरि छरिएर रहेका नेपाली पत्रकार समेट्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (आईएनजेए) गठन भएको छ।

अमेरिकाको संघीय र राज्य सरकारमा दर्ता भएको आईएनजेएले विश्वभरि छरिएर रहेका नेपाली सञ्चारकर्मी तथा पत्रकारका संघसंस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ। अगस्ट १ मा भर्जिनयास्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी संस्था दर्ताको जानकारी दिइएको हो। भर्जिनिया निवासी गुणराज लुइँटेल सभापति रहेको नवगठित संस्था गैर नाफामूलक हुनेछ।

संस्थाको बोर्ड अफ ट्रष्टीमा रामचन्द्र खरेल र योगेश उपाध्याय छन्। उप सभापतिहरुमा सुनिल मणि दाहाल (अमेरिका), विष्णु शितल (अमेरिका), टंक पन्त (एसिया) मनऋषि धिताल (अस्ट्रेलिया), अनुराधा पौडेल (युरोप) तथा डा.किस्मत भण्डारी क्यानडा रहेका छन्। यसै गरी महासचिवमा अमेरिकाका शिव बिष्ट, सचिवमा शारदा सिलवाल तथा कोषाध्यक्षमा सिर्जना ताम्राकार चयन भएका छन्।

संस्थाको सञ्चार निर्देशकमा विजय थापा, संगठन निर्देशकमा किशोर सापकोटा, नीति निर्देशकमा बिष्णु शर्मा तथा प्रविधि निर्देशकमा केशर कार्कीलार्इ चयन गरिएको छ।

कार्यसमिति समिति सदस्यहरुमा अमेरिकाबाट भुपेन्द्र थापा, विश्वराज थापा, दोव ढकाल, अंकुश नेपाल, तारा भट्टराई, पुनम पौडेल छन् भने नेपालबाट कृष्ण ढुंगाना, युएर्इबाट सुवाश शर्मा तथा ओमानबाट बिनेश खनाल छन्।

यसैगरी साउदी अरबबाट तेज बहादुर थापा, अमेरिकाबाट सर्वज्ञ वाग्ले, स्विटजरल्याण्डबाट विजय शर्मा दर्पण, अमेरिकाबाट राजिव श्रेष्ठ, सरोज केसी, सिर्जना उप्रेती, उमेश शर्मा, पूर्ण बराईली तथा सुनिल हुमागाई रहेका छन्।

संस्थाको सल्लाहकार हरि अधिकारी, शेखर ढुंगेल, जर्ज मेसन विश्वविद्यालयका प्रा.क्रिस्टोफर जे फरेल, सहायक प्रा.जेफ साउथ, एसपीजेका रबिन सिडरस्कि, नेपाल पत्रकार महा संघका पूर्व अध्यक्ष तारानाथ दाहाल तथा पत्रकार एवं मिडिया प्रशिक्षक घमराज लुइँटेल रहेका छन्।


सम्बन्धित शीर्षकहरु

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

प्रतिकृयाहरू
...