Saturday 7th June 2025

पपुवा न्यूगिनीमा एक महिनाका लागि फेसबुक प्रतिवन्ध


तितोपाटी – पपुवा न्यू गिनीले एक महिनाको लागि फेसबुक प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारले यो वेबसाइटले देशमा पारेको प्रभावलाई ख्याल गरेर यो कदम चालेको बताएको छ ।

गिनीको सरकारका सञ्चारमन्त्री स्याम बसिलले यो अवधीमा पोर्नोग्राफी र गलत जानकारी पोष्ट गर्ने प्रयोगकर्ताहरु पहिचान गरिने बताए ।

उनले आफ्नो देशले एक अलग सामाजिक सञ्जाल बनाउने कुरा पनि बताए ।

क्याम्ब्रिज एनालिटिका काण्डपछि फेसबुकले चौतर्फी निगरानी भोगिरहेको छ । यसका साथै यसले जाली समाचारहरुलाई जुन हिसाबले सल्टायो त्यसको आलोचना हुने गरेको छ ।

लगभग १०% मानिसहरुको मात्र इन्टरनेटमा पहुँच भएता पनि पपुवा न्यू गिनी अनलाइन सेवाहरुको नियमनमा सक्रिय देखिएको छ ।

पपूवा न्यू गिनी सरकारले एक महिनाको फेसबुक प्रतिबन्धबाट यो सामाजिक सञ्जाल कसरी प्रयोग भइरहेको छ विश्लेषण गर्न चाहेको बतायो । यसका साथै सन् २०१६ मा भएको साइबर अपराध नियन्त्रण कानुनको उलघंनकर्तालाई कारबाही गर्न खोजिरहेको छ ।

“यो समयमा जाली एकाउन्टपछाडी लुक्ने प्रयोगकर्ताहरु, पोर्नोग्राफी तस्वीरहरु अपलोड गर्ने प्रयोगकर्ताहरु र झुटो सूचना पोष्ट गर्ने प्रयोगकर्ताहरुको पहिचान गर्न सुचना संकलन गरिनेछ ।”बसिलले भने ।
जाली समाचारको वृद्धी विश्वव्यापी रुपमा प्रविधि उद्योगहरुको मुख्य समस्या बन्दै गएको छ । सूचना गलत हुदाँ पनि प्रयोगकर्ताहरुलाई साबधान नगराएको भनेर उनीहरुको आलोचना हुनेगर्छ ।

“हामी पपुवा न्यू गिनी नागरिकहरुको लागि एक नयाँ सामाजिक सञ्जाल निर्माण गर्ने सम्भावना बारे पनि सोचिरहेका छौं ।” बसिलले भने ।

“यदी आवश्यक प¥यो भने हामी हाम्रो स्थानीय एप्स निर्माताहरुलाई भेला गरेर देश भित्र र बाहिर रहेका न्यू जील्याण्ड नागरिकहरुलाई संञ्चार गर्ने सहज साइट निर्माण गर्नेछौं ।”उनले भने ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

सिड्नी: आफ्ना अलग्गिएका पतिका तीन वृद्ध आफन्तहरूको हत्या गर्न विषालु च्याउ प्रयोग गरेको आरोप लागेकी एक अष्ट्रेलियाली महिलाले बुधबार घातक…

प्रतिकृयाहरू
...