Friday 11th September 2026

भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनाग्रस्त


तीतोपाटी – भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ तर दुर्घटना के कारणले भयो भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन ।

जनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को जनवरी यता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका छन् । रावत र उनको परिवारको अवस्थाबारे स्पष्ट जानकारी दिइएको छैन ।

हेलिकप्टरमा १४ यात्रु रहेको र त्यसका रावतको परिवार पनि रहेको बताइएको छ।

समाचारसंस्था पीटीआई र सरकारी टिभी दूरदर्शनको डीडी न्यूजका अनुसार अहिलेसम्म चार जनाको शव वरामद भएको र तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

सो हेलिकप्टर सुलुरस्थित सैन्य क्षेत्रबाट वेलिंगटनस्थित सैन्य क्षेत्रतर्फ उडेको बताइएको छ।

भारतका केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी, भारतीय कङ्ग्रेसका नेता राहुल गान्धी र अन्य वरिष्ठ नेताहरूले ट्विटरमा दुर्घटनाबारे लेख्दै सबैको सकुशताको कामना गरेका छन्।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...