Friday 30th January 2026

जर्मनीमा ओलाफ स्कोल्ज चान्सलरमा निर्वाचित


तीतोपाटी – जर्मनीमा बुधवार सोशल डेमोक्र्याट ओलाफ स्कोल्ज नयाँ चान्सलरको रूपमा निर्वाचित भएका छन् । चान्सलर एन्जेला मर्केलको १६ वर्षको रूढिवादी शासनको अन्त्य गर्दै मर्केलको निवर्तमान सरकारमा भाइस चान्सलर र अर्थमन्त्रीको रूपमा काम गरेका ६३ वर्षीय स्कोल्जले संसदको तल्लो सदन बुन्डेस्टागमा सांसदहरूबाट ३९५ मतको स्पष्ट बहुमत प्राप्त गरि चान्सलर निर्वाचित भएका हुन् ।

जर्मनीको चान्सलरमा बुधवार सोशल डेमोक्र्याट ओलाफ स्कोल्जलाई नयाँ चान्सलरको रूपमा निर्वाचित भएका छन् । वर्तमान अर्थ मन्त्री समेत रहेका ओलाफलाई बुधबारको संसद् बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एन्जेला मर्केलको १६ वर्षको रूढिवादी शासनको अन्त्य गर्दै उत्तराधीकारीको रुपमा उदय भएको छ ।

बिदा हुन लागेकी वर्षीया चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बनेका हुन् । झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले बिदा लिन लागेकी हुन् । चान्सलर हुँदा उनी सधैं विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएका थिइन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...