Monday 7th September 2026

सर्लाहीको पर्सामा १६ वार्षिय बालिकालाई बनाइयो एक दिनको लागि गाउँपालिका अध्यक्ष


किसन साह,सर्लाही – भारतीय अभिनेता अनिल कपुर को “नायक” फिल्ममा नायक अनिल कपुरलाई एकदिनको लागि महाराष्ट्रको मुख्यमन्त्री बनाइएको जस्तै सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया बालिकालाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ।

पर्सा गाउँपालिकामा स्थानीय पर्सा बाल क्लबकी अध्यक्ष १६ बर्ष की अंजली कुमारी साहलाई उक्त गाउँपालिकाको अध्यक्षको पदमा एकदिनको लागि नियुक्त गरिएको हो ।

“सामान्य अवस्था वा कोभिड-१९ को महामारी,बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ जारी रहेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा आज(मंगलबार) एक समारोहको आयोजना गरि गाउँपालिका अध्यक्ष किशुनदेव रायले बाल क्लबकी अध्यक्ष साहलाई अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्षको कुर्सी हस्तान्तरण गरेका हुन् ।

बालबालिकाको नेतृत्व विकास र बाल सहभागीता अभिवृद्धि गर्ने उदेश्यले एक बालिकालाई यति ठुलो पदको जिम्मेवारी दिइएको हो । जिल्लामै पहिलोपटक कुनै सर्वसाधारण ब्यक्तिलाई एकदिनको लागि यस किसिमको जिम्मेवारी दिइएको हो । यसअघि कुनैपनि पालिका तथा निकायले यस्तो नगरेको गाउँपालिका अध्यक्ष रायले बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...