Tuesday 23rd December 2025

कुवेत भित्र्याउदै गरेको जिउँदो भेडाको पेटबाट १७ केजी लागूऔषध बरामद


तीतोपाटी डटकम -कुवेतको गृह मन्त्रालयले लागूऔषध ओसारपसारका लागि नयाँ तरिका अपनाएका गिरोहलाई पक्राउ गरेको छ।

कुवेत प्रहरीले जिउँदो भेडाको पेटमा लुकाएर छिमेकी देशबाट कुवेत भित्र्याउदै गरेको १७ किलो लागुऔषध बरामद गरेको हो।

कुवेतको आन्तरिक मामिला मन्त्री शेख थामेर अल-अली र लागू औषध नियन्त्रणको लागि सामान्य प्रशासनका अधिकारीहरुको उपस्थितिमा गरिएको चेकजाँचबाट उक्त तस्करीको प्रयास विफल पारीएको हो।

अभियुक्तहरूलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायमा पठाइएको छ।

साभार-अरबटाइम्स


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...