Tuesday 23rd December 2025

कामदारलाई यातना दिएर हत्या गरेको अभियोगमा कुवेती महिलालाई १० वर्षको जेल सजाय


घरेलु कामदारलाई यातना दिएर मारेको आरोपमा कुवेतीकी एक महिलालाई फौजदारी अदालतले १० वर्ष कैद सजाय सुनाएको छ।उनका श्रीमानलाई भने एक वर्षको जेल सजाय तोकिएको छ। यस सम्बन्धि समाचार कुवेतबाट प्रकाशित हुने अनलाइन पत्रिका अरब टाइम्समा प्रकाशित भएको छ ।

परिचय नखुलाईएकी ति कुवेती महिलामाथि घरेलु कामदारलाई बारम्बार कुटपिट र यातना दिएको तथा शरीरभरि आगो लगाएको अभियोग लगाइएको थियो।उनलाई लामो समयसम्म कुटपिटबाट शरीरमा चोटपटक लाग्दा पनि काम गर्न बाध्य पारेको र यसैको कारण मृत्यु भएको अभियोगसमेत लगाइएको थियो ।

आफ्नो संरक्षणमा रहेकी घरेलु कामदारको हेरचाह गर्ने दायित्व पूरा नगरेकोमा ति महिलाको पतिलाई पनि दोषी ठहराइएको हो।

यातना दिएर मारिएकी घरेलु महिला कामदारको विवरण भने गोप्य राखिएको छ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...