Sunday 21st June 2026

कविताः पाल्पालीको पहिचान -शिव कुमार रेग्मी


पाल्पा जिल्ला पाल्पालीको ज्यान हो,
करूवा,ढाका पाल्पा बासीको शान हो,
पाल्पा प्रसिद्ध रानी महलको नामले,
सबै क्षेत्र विकास छ पाल्पालीको कामले।-१

नेता,मन्त्री,प्रमुख सबै पाल्पा कै बन्दछन्,
घर आउदा धेरै जसो सिद्ध बाबा मै फस्दछन्,
सालै पिच्छे बन्छ भन्छन् सत्य कुरा थाहा छैन,
नेताहरू भाषण गर्छन् बजेट कहिल्यै आ-छैन्।-२

खेती योग्य माडी फाट छ भिख माग्नु पर्दैन,
कुनै पनि काम गर्न पाल्पाली पछि सर्दैन,
कसैले केही नदिए पनि पाल्पाली भोकै मर्दैन।-३

जन्मभुमि पाल्पा हाम्रो सधै गर्व हुन्छ,
घर पाल्पा भने पछि मन हाम्रो झुम्छ,
संसार भरी जताततै पाल्पालीलाई चुम्छ,
पाल्पालीले दुख पाउँदा हाम्रो मन रून्छ।-४

साहित्यकार धेरै जसो पाल्पाली नै बन्छन्,
काव्य जगतमा जताततै पाल्पाली कै गन्छन्,
समस्या कहीं आयो भने पाल्पाली नै खोज्छन्,
सत्यवादी चुन्नु परेमा पाल्पाली नै रोज्छन्।-५

शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...