Friday 25th September 2026

अल्घानिममा कार्यरत नेपालीहरूद्वारा मृगाैला पीडितलार्इ अार्थिक सहयोग


तितोपाटी – वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अार्इ कुवेतको एक प्रतिष्ठित कम्पनी अल्घानिम इन्ड्रस्ट्रीजमा कार्यरत नेपाली कामदारहरूले इलामका मिर्गौला पीडित  समीर तामाङको  उपचारार्थ रू १७३८५।६४ (अक्षेरूपी सत्र हजार तीन सय पचासी रूपैया चाैसठी पैसा) अार्थिक सहयोग गरेका छन् । सो रकम बराबर हुन अाउने कुवेती दिनार ४९ केडि संकलन गरि पठाइएको जानकारी सहयोगी मध्येका एक सामाजिक मनका धनि अार्थिक योद्धा राम बहादुर योन्जन तामाङले तितोपाटी डट कम लार्इ जानकारी गराएका छन् ।

बाबु वैदेशिक रोजगारीमा गएका र अामाले छोडेर हिँडेका तथा फुपुको अाश्रयमा रहेका इलामको माइ नगरपालिका वडा नं.  ८  घर भएका कम्जोर अार्थिक अबस्थाका बर्ष १४ को समीर तामाङको १ वर्षदेखि दुबै मृगाैला खराब भर्इ हाल  काठमाण्डाैंको बनस्थलि स्थित  राष्ट्रिय मृगाैला उपचार केन्द्रमा उपचार भै रहेकोमा अार्थिक अभावको कारण उपचारमा कठिनार्इ भर्इ देश विदेशमा रहेका सहयोगी मनहरूलार्इ अार्थिक सहयोग गर्न अनुरोध गर्दै  सामाजिक सञ्जालमा भिडियो सहितको सहयोगको याचना सार्वजनिक भए पछि काठमाण्डाैंमा रहेका सामाजिक अभियन्ता विवि तामाङको नाममा कुवेतबाट सो सहयोग रकम पठाइएको बुझिएको छ ।

सामाजिक संजाल मार्फत सहयोगको अपिल सार्वजनिक भए पछि अल्घानिममा कार्यरत दुर्गा लोप्चन तामाङको विशेष पहलमा कुवेतको अल्घानिम इन्डस्ट्रीजमा कार्यरत तपसिल बमोजिमका नेपाली कामदारहरूले एक अापसमा सहयोग संकलन गरि संकलित रकम नेपाल पठाएका हुन् ।

सहयोग दाताहरू

दुर्गा लोप्चन तामाङ – कास्की पोखरा – 5 केडि

तुल प्रसाद तामाङ थिङ – कास्की पोखरा – 5 केडि

कृष्ण बि.क. – कास्की पोखरा – 5 केडि

अमित लामा स्याङ्बो – कास्की पोखरा – 5 केडि

राजु वाइबा तामाङ – काभ्रे पाँचखाल – 5 केडि

रत्न लोप्चन तामाङ – चितवन – 5 केडि

दिल तामङ – पाँचथर – 5 केडि

डम्बरपाल मगर – गुल्मी – 2 केडि

सुर्य रार्इ – झापा – 3 केडि

बोस पाख्रिन तामाङ – कास्की पोखरा – 3 केडि

राम बहादुर योन्जन तामाङ – संखुवासभा, पाँचखपन-५ – 2 केडि

नर बहादुर बुडा मगर – नेपालगञज – 2 केडि

राजु लामा स्याङ्बो – कास्की पोखरा – 2 केडि

यस अघि समिरको मृगाैला उपचार सहयोगार्थ भक्तपुर स्थित सिभिल बैंकको खाता नंं. CIVL NPKA 05310159827019 मा सिधै सहयोग पठाउन सकिने, सो को लागि मोवाइल नं.  9614991596 वा 9803446616 मा सम्पर्क गर्न सकिने वा फेसबुक मार्फत बबिता तामाङलार्इ सिधै सम्पर्क गर्न सकिने जनाइएको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...