Sunday 27th September 2026

सुपादेउराली मन्दिरमा भक्तजनको भिड, व्यवस्थित बन्दै मन्दिर परिसर


तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ सुपामा अवस्थित पर्यटकीय एवं धार्मिक देउराली मन्दिरमा भक्तजनको भिड बढेको छ । यहाँ पुजा आजा गरेमा मानोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ । विशेष गरी मन्दीरमा बोका परेवाको बली चढाइन्छ । विभिन्न ठाउँबाट भक्तजनहरु भाकल गरी पुजाआजा एवम् दर्शन गर्न आउने गर्दछन् ।

विगत दुई वर्षदेखि कोरोना महामारीका कारण त्यति चहलपहल नभय पनि यो पटक भने टाढा टाढाबाट भक्तजन सुपा मन्दिरमा मन्दिरको दर्शन गर्न आउने गरेका छन् ।

हिजो शनिवारको अवसरमा सुपा देउराली मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो थियो भने अन्य दिनमा भन्दा शनिवार निकै भिडभाड हुने स्थानीय व्यावसायिकहरु बताउन्छन।

शनिबार बिहान सुपा मन्दिरमा पुग्दा पूजाआजाका लागि आउने श्रद्धालुहरुको भिड देखिएको हो । उनीहरु पूजा गर्नका लागि लामो लाइनमा पालो कुरिरहेका थिए ।

विगतमा भन्दा अहिले मन्दिर व्यवस्थापनले भौतिक संरचना लगाएत सम्पूर्ण पक्षमा सुधार गरेको छ । जसले गर्दा दर्शन गर्न पनि सहज भएको भक्तजनको प्रतिक्रिया छ ।

मन्दिर परिसरमा पुगेर हामीले सोधपुछको क्रममा दर्शकले सुपा देउराली मन्दिरमा दर्शन गर्न आउन पाउदा एकदम खुसी लागेको र यहाँ पहिलेको भन्दा स्थिति धेरै सुधार गरेको बताउदै बाकी रहेको सुधार पनी छिट्टै गर्न आग्रह गरे।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार…

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

प्रतिकृयाहरू
...