Wednesday 27th August 2025

माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ-कुवेतको ९वौं अधिवेशन १९ नोभेम्बरमा हुने


दुइ दशकभन्दा लामो समयदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ९वौं ऐतिहासिक अधिवेशन यही आगमी १९ नोभेम्बर २०२१ शुक्रबारका दिन, कुबेतको फर्वानियास्थित सेफ नौशाद सिग्नेचर रेष्टुरेन्टमा हुने भएको छ।

हिजो १२ नोभेम्बर २०२१ का दिन क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा बसेको क्लवको २६२औं नियमित बैठकले उक्त निर्णय सर्वसहमतिमा पारित गर्दै अधिवेशनमा कुवेतमा कृयाशिल रहेका हरेक संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागि स-बिनम्र अनुरोध गरेको छ।

कुवेतको नेपाली समाजको पहिलो संस्थाको रूपमा रहेको माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतले कुवेतमा निकै चर्चित एमबी बमजन फुटबलका अलावा विभिन्न खेलकुद सम्बन्धी गतिविधि गर्दै अाएको छ भने कुवेतमा कृयाशिल अन्य संघ संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको छ ।

कार्यक्रमको विवरण

मिति: १९ नोभेम्बर २०२१, शुक्रबार
समय: मध्यान्ह १२.०० बजे(उप्रान्त)
स्थान: Chef Naushad Signature Restaurant (सेफ नौशाद सिग्नेचर रेस्टुरेन्ट फ़र्वनिया, कुबेत)
कार्यक्रम: नवौं महाधिवेशन
आयोजक: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...