Friday 22nd May 2026

टहल आचार्यको गजल सङ्ग्रह – २८


जनता लुटी महेफील मनाउने तन्त्र भयो  ।
गणतन्त्र भन्दा भन्दै गनाउने तन्त्र भयो ।

सार्वभौम स्वतन्त्रता गुमाएर स्वार्थभित्र ,
छातीमाथि खाडल नै खनाउने तन्त्र भयो ।

परालका खुट्टा हाली उभिएका नेतासँगै ,
बिदेशीले झड्का मार्दा झनाउने तन्त्र भयो ।

सन्तान नाता गोतालाई गाडी घोडा रोजगारी ,
देश बेची दरबार त्यो बनाउने तन्त्र भयो ।

आफू धनी सम्पन्न भई गरीबको चर्चा गर्दै ,
लोककल्याणकारी नारा भनाउने तन्त्र भयो ।

-टहल आचार्य


सम्बन्धित शीर्षकहरु

तितोपाटी- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा…

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई…

बंगलादेश–म्यानमार तनावले भारतलाई के सन्देश दिन्छ ? म्यानमारको विद्रोही समूहसँग सम्बन्धित धार्मिक नेताद्वारा सार्वजनिक गरिएको तथाकथित “स्वतन्त्र अरकान” को नक्साले…

प्रतिकृयाहरू
...