(१)
गफडी मानिस गफैमा जुटेका हुन्छन्,
नमिलेर आफ्नै संग फुटेका हुन्छन,
कस्तो आदत हो छोडेनन् हात चाल्न
निर्धो मानिसलाई सधैं नै लुटेका हुन्छन्!
(२)
आखाँको भित्र बाट आशुँ झरेको देखिदैन,
दु:ख-पीडा,दर्दआफै तिर सरेको देखिदैन,
भगवान पनि हराएछन् मलाई दु:ख पर्दा
रात-दिन मैले मिहिनेत गरेको देखिदैन!!
(३)
मिली-जुली बसौ सबैलाई संगै बाँच्नुपर्छ,
बाचेर पनि फेरी खाने आशा साँच्नुपर्छ,
तल माथी भइरहन्छ सबैको जिन्दगीमा
सबै दु:ख-पिडाहरूलाई भुलेर नाच्नुपर्छ!!!
(४)
हिमालयको हिउँ गलेर पनि सकिँदैन,
आकासको ताराहरू झरेर पनि सकिँदैन,
प्रकृतिको रङ्गले सिंगारिएको हाम्रो पाल्पा
सौन्दर्यताहरूलाई कहिल्यै हेरेर सकिदैन!!!!
-शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा