Tuesday 1st September 2026

शिव कुमार रेग्मीका सुन्दर चार मुक्तकहरू


(१)
गफडी मानिस गफैमा जुटेका हुन्छन्,
नमिलेर आफ्नै संग फुटेका हुन्छन,
कस्तो आदत हो छोडेनन् हात चाल्न
निर्धो मानिसलाई सधैं नै लुटेका हुन्छन्!
(२)
आखाँको भित्र बाट आशुँ झरेको देखिदैन,
दु:ख-पीडा,दर्दआफै तिर सरेको देखिदैन,
भगवान पनि हराएछन् मलाई दु:ख पर्दा
रात-दिन मैले मिहिनेत गरेको देखिदैन!!
(३)
मिली-जुली बसौ सबैलाई संगै बाँच्नुपर्छ,
बाचेर पनि फेरी खाने आशा साँच्नुपर्छ,
तल माथी भइरहन्छ सबैको जिन्दगीमा
सबै दु:ख-पिडाहरूलाई भुलेर नाच्नुपर्छ!!!
(४)
हिमालयको हिउँ गलेर पनि सकिँदैन,
आकासको ताराहरू झरेर पनि सकिँदैन,
प्रकृतिको रङ्गले सिंगारिएको हाम्रो पाल्पा
सौन्दर्यताहरूलाई कहिल्यै हेरेर सकिदैन!!!!

-शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

किर्गिस्तानमा आयोजित एससीओ (शाङ्घाई सहयोग संगठन) शिखर सम्मेलनको क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको…

प्रतिकृयाहरू
...